७० घरपरिवारलाई इलामेली समाज दक्षिण कोरियाद्वारा राहत वितरण

  नयाँ बुलन्द
14 Shares

इलाम : कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको बन्दाबन्दीका कारण रोजगारी गुमाएका विपन्न एवं गरीब परिवारलाई इलामको सुर्योदयमा आईतबार राहत वितरण गरिएको छ ।

इलामेली समाज दक्षिण कोरियाको आर्थिक सहयोगमा सुर्योद नगरपालिका वडा नम्बर १० फिक्कलमा आर्थिक अवस्था कमजोर भएका विपन्न नागरिकलाइ १ हजार ५० केजी चामल सहित दैनिक उपभोग्य बस्तु वितरण गरिएको हो ।

७० घरपरिवारलाई प्रति परिवार १० देखी २५ केजी चामल, नुन १ केजी, १ लिटर खाने तेल र साबुन उपलब्ध गराएको इलामेली समाज दक्षिण कोरियाका प्रथम अध्यक्ष हरि खनालले जानकारी दिए । करिब ७० हजार मुल्य बराबरको राहात वितरण गरिएको उनले जानकारी दिए ।

यसअघि राहत नपाएकाहरुलाई जिल्ला प्रशासन, नगरपालिका, स्थानीय जनप्रतिनिधिहरु लगायतको समन्वयमा राहात वितरण गरिएको खनालको भनाई छ । राहत वितरणमा समाजसेवी सुरेन्द्र राई, दिनेश काफ्ले, राजेन्द्र बराल, संदिपा खनाल, दमन्ता घिमिरे लगायतले सहजीकरण गरेका थिए ।

समाजले यसअघि पनि इलाम नगरपालिकाका ४ वटा वडाका विपन्न नागरिकहरुलाई करिब १ लाख २० हजार रुपैंया बराबरको राहात वितरण गरिसकेको समाजका अध्यक्ष केदार निरौलाले बताउनुभयो ।कोरोनाको संक्रमण संगै सरकारले नेपाललाई लकडाउन गरेपछि कोरियामा रहेका समाजका सचिव उपेन्द्र निरौला, कुवेर न्यौपाने लगायतको सक्रियतामा आर्थिक संकलन गरिएको थियो ।

सन् २०१४ मा दक्षिण कोरियामा स्थापना भएको इलामेली समाजले सामाजिक क्षेत्रमा काम गर्दै आएको छ । समाजले देशका विभिन्न क्षेत्रमा भएका बाढी पहिरो, आगलागी, भकम्प लगायतका प्राकृतिक प्रकोप र गम्भीर प्रकृतिका रोगीहरुलाई आर्थिक सहयोग गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार