क्वारेन्टाइनबाट फरार युवा सिंहबाहीनीमा फेला

इलाम: इलाम नगरपालिकाको सिंगफ्रिङ्ग स्थित डा. मेघबहादुर पराजुली सामुदायिक अस्पतालमाको क्वारेन्टाइनबाट फरार भएका युवा फेला परेका छन् ।

गएराती अस्पतालेको क्वारेन्टाईनबाट फरार भएका सन्दकपुर गाउँपालिका ३ सुलुबङ्गका सरोज अधिकारी इलाम नगरपालिकाको सिंहबाहीनीमा फेला परेका हुन्न ।
इलाम अस्पतालले रेफर गरेपछि चैत्र २३ गते देखि उक्त अस्पतालको क्वारेन्टाईनमा रहेका उनी बेपत्ता भएपछि प्रहरीले खोजी गरिरहेको थियो ।

खोजीकै क्रममा सिंहबाहीनी मन्दिर आसपासबाट पक्राउ गरी पुनः क्वारेन्टाईनमा लगेर राखीएको इलामका प्रहरी उपरीक्षक हीरा पाण्डेले जानकारी दिनु भयो ।

प्रहरी उपरीक्षक पाण्डेले स्थानीय स्तरमा स्थापना गरिएका क्वारेन्टाईनमा भित्रै सौचालय जस्ता अति आवश्यक स्थानको जरुरी रहेको बताउनु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार