आदेश उल्लंघन गर्ने ६८ जना पक्राउ, एक हजार ५७१ सवारी–साधन नियन्त्रणमा

काठमाडौं : विश्वव्यापी महामारीका रुपमा फैलिएको ‘कोभिड–१९’ को रोकथामका लागि नेपाल सरकारले जारी गरेको आदेश पालना नगर्ने ६८ जनालाई विभिन्न स्थानबाट मंगलबार प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्झाइ–बुझाइ गर्दासमेत अटेर गरेपछि उनीहरुलाई मुलुकका विभिन्न ठाउँबाट पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरीकाअनुसार कैलालीबाट ३१, कपिलवस्तुबाट १४, रुपन्देहीबाट सात, झापाबाट चार, सुनसरीबाट चार, पर्साबाट तीन, सिरहाबाट दुई, कञ्चनपुर दुई र धनुषाबाट एक गरी ६८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

आदेशविपरीत सञ्चालन गरेका एक हजार ५७१ सवारी–साधनलाई समेत विभिन्न स्थानबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस सम्बन्धमा प्रहरीले कोरोना संक्रमणको सम्भावित जोखिमबारे सम्झाइ–बुझाइ गर्नुका साथै आवश्यक सोधपुछ तथा अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार