इलाम भित्रन छाडे पर्यटक

कोभिड–१९ सङ्क्रमणको त्रास बड्दै

इलाम : कोरोना भाइरस कोभिड–१९ सङ्क्रमणको त्रासका कारण प्रदेश नम्बर एकको पर्यटकीय जिल्ला इलाममा प्रत्यक्ष असर परेको छ । यहाँका पर्यटकीय क्षेत्रमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरु कोरोना भाइरसका कारण नआएपछि सुनसान बनेको हो ।

संसारभर फैलिएको कोरोना भाइरस संक्रमण रोकथामका लागि नेपाल सरकारले उच्च सतर्कता अपनाएर सभा र समारोहमा सहभागी नहुन अपिल गरेसँगै भाइरस सङ्क्रमणको त्रासका कारण जिल्लका पर्यटकीय क्षेत्र इलाम सदरमुकाम सहित कन्याम, श्रीअन्तु, पशुपतिनगर, फिक्कल, सन्दकपुर, गोर्खे, थुम्के लगायतमा एक साताबाट पर्यटकहरु आउने क्रम ठप्प जस्तै भएको छ । उक्त क्षेत्रमा खोलिएका होटल व्यवसायमा प्रत्यक्ष प्रभाब सुरुभएको देखिन थालेको छ ।

रोङ गाँपालिकाको कुटिडाँडामा अवस्थित सानो पाथिभारा मन्दिरको दर्शन तथा भ्रमण गर्न आउने पर्यटकको संख्या शुन्य अवस्थामा पुगेको छ । पूर्वकै पारीचित कन्याम दैनिक भिड्भाड देखिने यतिबेला आन्तरिक तथा बाह्य पर्यटक न्युन मात्र देखिने गरका छन । पर्यटन सुचनाकेन्द्र जोरकलसको पछील्लो तथ्यांक हेर्ने हो भने कोरोना भाइरसको प्रत्यक्ष असर इलामको पर्यटन क्षेत्रमा परेको देखिन्छ । पर्यटन सुचना केन्द्रका सुचना अधिकारी गगन घिमिरेका अनुसार केही समय अघि सम्म इलाम भित्रनेको संख्या दैनिक ३०० को हाराहारीमा रहेपनी हाल घटेर सुन्यप्राय जस्तै भएको बताए ।

पर्यटकको आवागमन घटेसगै अन्तुबाट झुल्केघाम हेर्ने र अन्तुपोखरीमा डुङगा सयर पनि सुनसान बन्नपुगेको छ । भारतसँग सीमा जोडिएको पशुपतिनगर बजारमा चहलपहल सुनसान भएको छ । भारतको सिक्किम, दार्जि्लिङ, कालिम्पोङ लगायत पश्चिम बङ्गालबाट र नेपालकै विभिन्न जिल्लाबाट दैनिक सयौँको सङ्ख्यामा आउने पर्यटक ठप्प भएपछि पशुपतिनगर बजार सुनसान बनेको हो ।

यस्तै इलाम सदरमुकाम सहित फिक्कल बजारमा पर्यटकको चाप घटेपछि होटलहरु बन्द हुने अवस्थामा पुगेको र लामो समय यस्तै अवस्था रहे होटलको विकल्प खोज्न बाध्य हुनुपर्ने इलाम सदरमुकामका होटल संञ्चालक बिजय राईको भनाई छ ।

चियाको राजधानी भनेर चिनिने इलामको सुन्दरताकै कारण पछिल्लो समय फिल्म सुटिङको आँखामा समेत पर्न थालेको छ । त्यो समेत प्रभाबित बन्न पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार