श्रीअन्तुमा होटललाई नै होमस्टे नामाकरण गर्न थालेपछि होमस्टे “चौपट”

  नयाँ बुलन्द
0 Shares

news

इलाम : पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको इलामको श्रीअन्तुमा धमाधम होटल बन्न थालेपछि होमस्टे मासिने अवस्थामा पुगेका छन् ।

होमस्टेकै नामले परिचित श्रीअन्तुमा पछिल्लो समय बाह्य लगानीमा होटल निमार्ण हुन थालेपछि होमस्टे विस्थापित हुने अवस्थामा पुगेको हो ।

इलामसँगै नेपालका अन्य जिल्ला, भारत र बगलादेश साथै तेस्रो मुलुकबाट सूर्योदयको दृश्यावलोकनकै लागि पर्यटक आउने गरेका छन् ।

सूर्योदय र सूर्यास्त हेर्नका लागि श्रीअन्तु पुग्ने अधिकांश पर्यटक होमस्टे बस्न चाहन्छन् तर अहिले श्रीअन्तुमा धमाधम होटल निमार्ण भइरहेका छन् ।

यहाँ निमार्ण भएका अधिकांश होटलले होमस्टे नामाकरण गरेपनि होमस्टेमा पाउने सेवा सूविधा भने छैन ।

स्थानीय कला, संस्कृति, भेषभुषा, खानपान झल्काउनुपर्ने होमस्टेको अवधारणा हो तर श्रीअन्तुका  होमस्टे भने पक्की घरमा होटल र लज चलाएर होमस्टे लेखेका छन् ।

होटल दर्ताको व्यवसायले होमस्टेलाई असर गर्नथालेको होमस्टे सञ्चालक बताउँछन् । श्रीअन्तुमा दैनिक पाँच सयदेखि एकहजारभन्दा बढी पर्यटक आउने गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार