नेपालमै ‘कोरोनाभाइरस’को परीक्षण सुरु

  नयाँ बुलन्द
0 Shares

news

काठमाडौं : राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले सोमबारदेखि ‘कोरोनाभाइरस’को परीक्षण सुरु गरेको छ ।

चीनबाट फैलिएको कोरोनाभाइरस नेपालमा पनि फैलनसक्ने त्रास बढेसँगै प्रयोगशालाले भाइरस परीक्षण गरिने केमिकल नेपाल ल्याएको हो ।

प्रयोगशालाकी प्रमुख डा. रुना झाले भाइरस परीक्षण गर्ने ‘केमिकल’ आइतबार आएकाले सोमबारदेखि परीक्षण सुरु गरेको जानकारी दिइन् ।

चिकित्सकले शंका गरेका बिरामीको मात्र परीक्षण गरिने भन्दै उनले परीक्षण गरेको २४ घन्टापछिमात्र नतिजा आउने बताइन् ।

चीनबाट नेपाल आएका एकजना विद्यार्थीमा यो भाइरस देखिएपछि परीक्षणका लागि हङकङ पढाइएको थियो ।

फोक्सोमा बढी असर पार्ने यस भाइरसले पछि क्रमशः सबै अंगलाई निस्क्रिय बनाउँदै लैजाने चिकित्सकहरु बताउँछन् ।

ज्वरो आउने, रुघाखोकी लाग्ने, घाँटी, टाउको दुख्ने, शरीर दुख्ने, श्वास–प्रश्वास गर्न समस्या हुनेजस्ता लक्षणहरु देखापर्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार