अमर माविमा प्रहरीको कार्यक्रम !

  नयाँ बुलन्द
0 Shares

इलाम : इलाम नगरपालिका ५ बरबोटेस्थित अमर माध्यमिक विद्यालयमा विद्यार्थीसँग प्रहरीले जनचेतनामुलक कार्यक्रम गरेको छ ।

जिल्ला प्रहरी कार्यालय इलामको आयोजनामा कक्षा ११ र १२ का विद्यार्थीहरुलाई साइबर अपराध, यौन जन्य अपराध, जबरजस्ती करणी तथा विद्यमान कानुनी ब्यवस्था सम्बन्धी प्रशिक्षण दिइएको हो ।

जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक हिरा बहादुर पाण्डेले प्रशिक्षण दिएका थिए ।

सोही कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामका प्रहरी नायव निरीक्षक दिलिप चौधरीले समेत ट्राफिक सम्बन्धी प्रशिक्षण प्रदान गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार