राष्ट्रिय दलित पत्रकार संघ प्रदेश अध्यक्षमा नैन विश्‍वकर्मा

  नयाँ बुलन्द
0 Shares

धनकुटा : राष्ट्रिय दलित पत्रकार संघ प्रदेश १ को अध्यक्षमा नैत विश्वकर्मा चयन भएका छन् ।

धनकुटाको चौबिसे गाउँपालिकामा शनिबार भएको प्रथम प्रदेश भेलाले विश्वकर्मालाई अध्यक्षमा चयन गरेको हो । भेलाले विश्वकर्माको अध्यक्षतामा प्रदेश समिति गठन गरेको छ ।

समितिका उपाध्यक्ष‍मा  गंगा विश्वाकर्मा (खोटाङ), सचिवमा रणध्वज लोहार (सुनसरी), सहसचिवमा मेनुका विश्वकर्मा (संखुवासभा) र कोषाध्यक्षमा पदमकुमार सरदार (मोरङ्ग) चयन भएका छन् ।

सदस्यहरुमा मोहन दुराल (भोजपुर), अम्बिका रसाइली (सुनसरी), मनकुमार बराईली (इलाम),  मनकुमार गदाल (झापा), भलामान विश्वाकर्मा (ओखलढुङ्गा), गोमा रसाइली (तेह्रथुम) रमेश नेपाली (मोरङ्ग) र रञ्जित परीयार (उदयपुर) चयन भएका छन् ।

३ जना पछि मनोनित गरिने जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार