आत्मानन्द कपको उपाधि मानेभञ्ज्याङ दार्जिलिङलाई (भिडियो सहित)


इलाम : इलामको माङसेबुङमा संचालित १२ औं संस्करणको आत्मानन्द कप फूटबल प्रतियोगिताको उपाधि विदेशी टिम मानेभञ्ज्याङ स्पोर्टिङ क्लब दार्जिलिङ भारतले जितेको छ ।

मंगलबार भएको फाइनलमा स्वदेशी टिम भाङबारी स्पोर्टिङ क्लब दमक झापालाई २–० को अन्तरले पराजित गर्दै दार्जिलिङले उपाधि जितेको हो ।

स्वदेशी र विदेशी टिमबीचको प्रतिष्पर्धात्मक खेलको उत्तरार्धमा दार्जिलिङले गोल गर्दै उपाधि चुमेका थिए । खेलको ५३ औं मिनेटमा दार्जिलिङका निश्चल राईले गोल गरी टिमलाई उपाधि नजिक पुर्याए । इन्जुरी समयमा पुन दार्जिलिङका सन्तोष राईले गोल गरी २–० को उपाधि दिलाएका थिए ।

जितसँगै दार्जिलिङले नगद २ लाख १ सय ६६ रुपैयाँ प्राप्त गरेको छ । उपविजेता दमकले नगद १ लाख १ सय ६६ रुपैयाँमा चित्त बुझाउन बाध्य बन्यो ।

विजेता र उपविजेता टिमलाई पुरस्कार बुधबार किरात धर्मगुरु आत्मानन्द लिङदेनको ६६ औं जन्मोत्सव समारोहमा वितरण गरिने आयोजक आत्मा–पवित्रा हक्चात यक्चुमका अध्यक्ष मनकुमार आङबुहाङले जानकारी दिए ।

किरात धर्मगुरु आत्मानन्द लिङदेनको ६६ औं जन्मोत्सवका अवसरमा आयोजित प्रतियोगितामा ८ टिमको सहभागिता थियो । प्रतियोगिता गत ११ मंसिरदेखि संचालित थियो ।

मानेभञ्ज्याङ दार्जिलिङ भारत र भाङबारी दमक झापा नेपाल बीचको खेल हेर्नुहोस् :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार