बहुभाषिक पाठशालाकाे चाैथाे वार्षिकउत्सव

  चेतन आङथुपो
0 Shares


चुलाचुली : इलामको चुलाचुली गाउँपालिका १ स्थित “फाल्गुनन्द लाफयङ् बहुभाषिक पाठशाला” काे चाैथाे वार्षिकउत्सव तथा किरात धर्म संरक्षक गुरु लाफयङ देवबहादुर
तुम्बापाेकाे ७६ औं जन्माेत्सव मनाइएको छ ।

प्रदेश १ का उपसभामुख सरस्वती पाेखरेलकाे प्रमूख आतिथ्यतामा भएको कार्यक्रममा उपसभामुखबाट माङ्गेना हिमकाे शिलान्यास गरियाे । त्यस्तै कवि सुन्दर कुरूपलाई सम्मान समेत गरिएको थियाे ।

कार्यक्रममा चुलाचुली गाउँपालिका अध्यक्ष प्रदिपचन्द्र राई, १ नम्बर वडा अध्यक्ष पुर्ण लावती, चुलाचुली शिक्षा शाखा प्रमुख सुर्य न्याैपाने लगायतको उपस्थिति रहेको थियाे ।

समाज सुधार समूह नेपालले साँस्कृतिक नृत्यले स्वागत गरिएको कार्यक्रममा गायिका सुनिता थेगिम, न्युसन राईले गीत प्रस्तुत गरेका थिए ।

विश्व शान्तिकाे कामना गर्दै आयाेजना गरिएको माङ्गेना चाेत्लुङ कार्यक्रम चुलाचुली-१ स्थित वहुभाषिक पाठशालाकाे प्राङ्गणमा डम्बरकुमार तुम्बापाेकाे अध्यत्वमा भएको थियोे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार