धरानमा जनमुक्ति पार्टीको उम्मेद्वार सन्देश

धरान : उपनिर्वाचको मिति नजिकिदैं गर्दा धरान उपमहानगरपालिकामा राष्ट्रिय जनमुक्ति पार्टीले नगर प्रमुखमा दुर्गा तामाङ सन्देशलाई उम्मेद्वार बनाएको छ ।

राष्ट्रिय जनमुक्ति पार्टी धरान उपमहानगर कमिटीको कार्तिक  २० गते बसेको बैठकले निर्णय गरिएको कुरा धरान उपमहानगर  कमिटी अध्यक्ष चित्र मगर हाङले जानकारी दिएको छ । नव घोषित उम्मेदवार सन्देश राष्ट्रिय जनमुक्ति पार्टी धरान उपमहानगर समितिको सदस्य हुन।उनी जनमुक्ति युबा महासंघ केन्द्रिय सदस्य पनि हुन ।

जनमुक्तिको उम्मेदवारी घोषणासँगै धरानमा मेयरका लागि ७ जना उम्मेदवार घोषणा भएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट प्रकाश राई, काङ्ग्रेसबाट तिलक राई, समाजवादी पार्टीबाट गजेन्द्र इस्वो, साझा पार्टीबाट राजनकुमार श्रेष्ठ, स्वतन्त्रबाट हर्क साम्पाङ, संघीय लिम्बुवान मंचबाट अमर इजम छन् ।

पहिचान पक्षधरको रूपमा स्थापित पार्टी जनमुक्तिले देशब्यापि  ‘भ्रष्टाचारविरुद्ध राष्ट्रिय अभियान’ चलाएर चर्चा बटुलेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार