१६ दिने शिशुको उपचारका लागि प्रवासी समाजको ४४ हजार सहयोग

चुलाचुली : चुलाचुली प्रवासी सेवा समाज इलामले बुधबा चुलाचुली गाउँपालिका १ कमलमा जन्मिएको १६ दिने शिशुको उपचारको लागि सहयोग हस्तान्तरण गरेको छ ।

मेक्स अन्तर्राष्ट्रिय हस्पिटल विराटनगरमा उपचाररत शिशुको घरमै पुगी चुलाचुली प्रवासी संस्थाले शिशुको बाबु शेरबहादुर खजुमलाई ४४ हजार ४ सय ४० रूपैयाँ सहयोग हस्तान्तरण गरेको हो ।

शेरबहादुर खजुम र वविता खजुमको बच्चा जन्मिएको ९ दिनमै उपचारको लागि मेक्स अन्तर्राष्ट्रिय अस्पताल विराटनगर पुर्याइएको थियो । उनको उपचार भएको एक साता पुग्यो । जेन्डिसको समस्या देखिएको विरामी शिसुको अहिलेसम्म यहि रोग भनेर पत्ता लागि नसकेको विरामी बच्चाको फूपू सर्मिला खजुमले जानकारी दिइन् ।  उनले भनिन्, ‘आर्थिक विपन्नताकै कारण बच्चाको उपचारको लागि सहयोगी मन साथै संस्थाहरूसँग सहयोगको अपिल गरिरहेका छौं ।’

चुलाचुली प्रवासी सेवा समाज, इलामले विभिन्न सामाजिक सहयोग अभियान गर्दै आइरहेकोमध्ये यसपटक शिशु बचाउ अभियान तेस्रो कार्यक्रम रहेको संस्थाका सचिव सुदेस खाहुङ राईले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार