लोरिन्देनको नतृत्वमा नेकपा परित्याग गरी कांग्रेस प्रवेश

  नयाँ बुलन्द
7 Shares

माङसेबुङ : नेपाली कांग्रेसको दोस्रो चरणको जनजागरण अभियान देशैभर संचालन भइरहेको छ । अभियान अन्तरगत अन्तरक्रिया, छलफल, भेटघाट र पार्टी प्रवेश कार्यक्रम संचालन भइरहेको छ ।

सोही अभियान अन्तरगत शनिबार इलामको माङसेबुङ गाउँपालिका ३ चतुरेमा आयोजित कार्यक्रममा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) परित्याग गरी नौ जना नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

नेकपा माङसेबुङ गाउँ कमिटी सदस्य धनकुमार लाेरिन्देनको नेतृत्वमा पार्टी प्रवेश गरेका हुन् । यसरी कांग्रेस प्रवेश गर्नेहरुमा ज्ञानेन्द्र लिम्बू, अमृत लिम्बू, सुजन लिम्बू, ज्ञानेन्द्र कार्की, सुनुमाङ जवेगू, सुरेश योङहाङ र सन्तवीर शेर्मा रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार