फाल्गुनन्द गाउँपालिकामा उपनिर्वाचन तयारी समिति गठन

  युद्धबहादुर बोहोरा
0 Shares

पाँचथर : पाँचथरको फाल्गुनन्द गाउँपालिका ५ मा मङ्सिर १४ गते हुने उपनिर्वाचनको लागि सर्वदलीय प्रचारप्रसार समिति गठन भएको छ ।

वडाअध्यक्ष अविन्द्रप्रसाद चेम्जोङको संयोजकत्वमा १४ सदस्यीय सर्वदलीय समिति निर्माण भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी, नेपाली काङ्ग्रेस, समाजवादी पार्टी, संघीय लिम्बुवान मञ्‍च, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनमुक्ति पार्टी गरि छ वटा दलका प्रतिनिधि रहेका छन् ।

रिक्त रहेको अध्यक्ष पदको लागि हुने निर्वाचन तयारी गर्न निर्वाचन आयोगको सूचना अनुसार वडा भित्रका मतदाता नामावली त्रुटि, दोहोरो नामावली सच्याउने, हटाउने, शुद्ध नामावली प्रकाशन गर्न जिल्ला निर्वाचन आयोगमा सहयोग गर्ने जस्ता जिम्मेवारी रहेको संयोजक चेम्जोङले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार