इलाम अस्पताल बिरामीले खचाखच


इलाम : इलाम अस्पतालमा बिरामीको चाप वढेको छ । सामान्य रुघाखोकी र भाइरल ज्वरोका बिरामी वढेपछि अस्पतालमा सेवाग्राहीको चाप वढेको हो । बिरामीको संख्या बढेपछि सेवा लिन आएकाहरुलाई समस्या भएको छ ।

इलाम अस्पतालमा कार्यरत डाक्टर तथा कर्मचारीले यता र उता गरेर सेवाग्राहीलाई झन्झट दिने गरेको सेवाग्राही धनकुमार योङ्हाङले वताए । एम्मरजेन्सी र ओपिडीका कार्यरत डाक्टर र कर्मचारी विच पनि समन्वय हुन नसक्दा यस्तो समस्या भएको र त्यसको असर सेवाग्राहीलाई पर्ने गरेको उनकाे भनाइ छ  ।

इलाम सदरमुकाममा एक मात्र अस्पताल छ । एउटा मात्र अस्पताल भएर पनि इलाममा बिरामीको चाप बढेको हो । इलाम अस्पताल ५० सैयाको मात्र हो । एक साता यता इलाम अस्पतालमा दैनिक सय वढि बिरामी आउने गरेका छन् । यहाँ बिरामीको संख्या बढेपछि उपचारमा पनि समस्या भएको अस्पताल श्रोतले जानकारी दिएको छ ।

इलाम अस्पतालमा विशेष गरेर रुघाखोकी र ज्वरोका बिरामी बढेको चिकित्सक दिपिका रिजालले जानकारी दिइन । उनका अनुसार यस्ता बिराकी दैनिक जसो वढिरहेका छन् ।  बिरामी वढेपछि सामान्य रोगको उपचारका लागि पनि बाहिर जान पर्ने समस्या वढेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार