जीतपुर : इलामको देउमाई नगरपालिका-९, लिङ्दिङ मानसिक रोगबाट ग्रस्त मनोज दर्नालको उपचारार्थ मलेसियाबाट सहयोग प्राप्त भएको छ ।
कतारमा रहेका नेपालीहरुको जीतपुर समाज सेवाबाट २० हजार रुपैयाँ रकम प्राप्त भएको मनोज दर्नाल सहयोग आर्थिक संयोजक हेमराज लिम्बूले जानकारी दिए ।
बिरामी दर्नालको उपचारको लागि भारतको सिक्किम र नेपालको काठमाडौं लगि सकिएको र पुन उपचारलाई निरन्तरता दिनुपर्ने भएकोले सहयोग रकम संकलन गर्दै आएको लिम्बूले बताए ।
परिवारको आर्थिक अवस्था कमजोर भएकोले दर्नालको उपचारको लागि परिवारले सहयोगको याचना गरेका छन् ।