देउमाईको जीतपुरमा रोपाइँ जात्रा (फोटो फिचर)

  नन्दन सर्वत लिम्बू
0 Shares

जीतपुर : इलामको देउमाई नगरपालिका ९ जीतपुरमा बर्सेनि आयोजना गरिने रोपाइँ जात्रा यो वर्ष पनि निरन्तरता दिईएको हो ।

जीतपुर माध्यमिक बिध्यालयले सास्कृतिक पहिचानको रुपमा सम्पन्न गर्दै आएको रोपाई जात्रा हिजो कृष्णजन्मास्टमिको दिन पनि परेकोले थप रौनक मिलेको थियो। औपचारिक कार्यक्रम पश्चात् निकालिएको रोपाहार बाउसे, पशु झाकीले नवमी बजार र बिद्यालय परिक्रमा गर्दा कार्यक्रममा थप रौनक्ता मिलेको थपिएको थियो ।

बक्ताहरुले गाईजात्रा ,रोपाइँ जात्रा नेपालिहरुको सास्कृतिक पहिचान भएकोले गर्व गर्नु पर्ने बताएका थिए । साथै यस्ता पर्बले स्थानिय रुपमा हरेक समुदायको सास्कृतिक प्रस्तुति देखाउने अवसर भएकोले पनि रोपाइ जात्रा बिशेष भएको बताएका थिए ।

लिम्बूको च्याब्रुङ, मगरको हुर्‍आ, राई समुदायको साकेला र विभिन्न जातीय सास्कृतिक नृत्यले कार्यक्रमको आकर्षण थपिएको थियो । बिहान ११ बजे बाट सुरुवात गरिएको कार्यक्रम साझ ४ बजे सम्म विभिन्न सास्कृतिक कार्यक्रम रोपाइँ लगायत विभिन्न मनोरञ्जनात्मक कार्यक्रम गरि सप्पन्न भएको थियो ।

कार्यक्रम समापनमा बिद्यालय ब्याबस्थापन समितिका अध्यक्ष खेम परियारले रोपाइँ जात्रा सम्पन्न भएकोमा विद्यार्थी, शिक्षक,अभिभावक, ब्यासायी र विभिन्न सास्कृतिक कार्यक्रममा सहभागी र सहयोगिलाई धन्यवाद दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार