फाल्गुनन्द जवान इसाई समाजको अध्यक्षमा नेपाली

  युद्धबहादुर बोहोरा
14 Shares

पाँचथर : पाचथरको फाल्गुनन्द गाउँपालिकामा फाल्गुनन्द जवान इसाई समाजको प्रथम अधिवेशनबाट अध्यक्षमा सन्तोष नेपाली चयन भएका छन्।

११ सदस्यीय समिति गठन भएको उक्त अधिवेशन समाजका अध्यक्ष नेपालीको अध्यक्षता तथा फाल्गुनन्द इसाई समाजको अध्यक्ष वीरबहादुर चेम्जोङको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।

कार्यक्रममा नव गठित समितिलाई विशेष अतिथि समाजका उपाध्यक्ष गेसन आङ्देम्बे,सचिव सविन रहपाल,कोषाध्यक्ष चन्द्रकुमार नेम्बाङ,सल्लाहकार दिपक नेपाली र प्रकाश नेपालीले कार्य सफलताको शुभकामना मन्तव्य राखेका थिए।

घुर्बिसे पञ्चमीमा चार आनि जग्गामा निर्माण भएको न्यू गोस्पल चर्चको अस्थायी भवनमा सम्पन्न अधिवेशनमा पालिका भित्र रहेका महिला र पुरुष गरि करिब ४० जनाको उपस्थित रहेको चर्चका प्रमुख पाष्टर दिपक नेपालीले जानकारी दिए।

विभिन्न मण्डीका इसाई धर्म मान्ने मानिसहरु हरेक हप्ताको शनिबार यस चर्चमा उपस्थित भइ प्रार्थन र संगतीमा सामेल हुने उनले बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार