रवि लामिछाने र युवराज कँडेललाई नियन्त्रणमा लिएकोप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौं : पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा प्रहरीले आफ्नो सीमा, मर्यादा, अन्तर्राष्ट्रिय मापदण्ड मिचेर न्युज २४ टेलिभिजनको कार्यालय परिसरभित्रै प्रवेश गरी ‘सीधाकुरा जनतासँग’कार्यक्रमका प्रस्तोता रवि लामिछाने र युवराज कँडेललाई नियन्त्रणमा लिएकोप्रति ‘नेपाल पत्रकार महासंघ न्यूज २४ शाखा’ र्र नेपाल प्रेस युनियन न्यूज २४ शाखा’को गम्भीर ध्यानाकर्षण भएको छ ।‘नेपाल पत्रकार महासंघ न्यूज २४ शाखार्’ नेपाल प्रेस युनियन न्यूज २४ शाखा’ले प्रेस विज्ञप्ति जारी गर्दै आत्महत्या गरेका पत्रकार पुडासैनीको भिडियो प्रकरणबारे पत्रकार लामिछानेले प्रहरीलाई आवश्यक अनुसन्धानका लागि सबै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दा–गर्दै प्रहरीले कार्यक्रम ‘सीधाकुरा जनतासँग’को कार्यकक्षमै आएर नियन्त्रणमा लिएकोप्रति खेद व्यक्त गरेको छ ।

त्यस्तै कार्यक्रम प्रसारण हुन एक घण्टा २५ मिनेट मात्र बाँकी रहँदा अन्तर्राष्ट्रिय मूल्यमान्यता विपरित पत्रकारद्वय लामिछाने र कँडेललाई नियन्त्रणमा लिएको र प्रस्तोता विना नै कार्यक्रम सञ्चालन भएको जानकारीसमेत गराएको छ । सञ्चारगृहभित्र प्रवेश गरेर प्रहरीले देखाएको शैलीबाट प्रेस स्वतन्त्रता र सूचनाको हकमा प्रश्न उठाएको जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

साथै, विज्ञप्तीमा प्रहरीले अन्य सञ्चारकर्मी/पत्रकारको मोवाइल खोस्ने, दृश्य संकलन गर्न रोक्न खोजेकोप्रतिसमेत खेद व्यक्त गरिएको छ । प्रहरीको यस्तो क्रियाकलपाले सञ्चारमाध्यममाथि हस्तक्षेप भएको ठहर समेत विज्ञप्तीमा उल्लेख गरिएको छ ।

‘नेपाल पत्रकार महासंघ न्यूज २४ शाखा’ र नेपाल प्रेस युनियन २४ शाखाले सञ्चारजगतमाथि हुने यस्ता हस्तक्षेप नगर्न सम्बन्धित सबैको ध्यानाकर्षण गराउनुका साथै अन्तर्राष्ट्रिय जगत, सरोकारवाला सबै निकायलाई गम्भीर बन्न आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार