इलामका सरकारी कार्यालयमा छड्के, ५५ कर्मचारीलाई स्पष्टीकरण

को-को परे त ? नामावाली सहित

इलाम : विना जानकारी कार्यालयमा अनुपस्थित रहेको इलामका विभिन्न कार्यालयका ५५ जना कर्मचारीलाई जिल्ला प्रशासन कार्यालय इलामले स्पष्टीकरण सोधेको छ । कार्यालयले एकै दिन सदरमुकाममा रहेका २० वटा कार्यालयमा छड्के अनुगमन गरेको थियो ।

जिल्ला प्रशासन कार्यालय इलामका अनुसार २० मध्ये १३ कार्यालयका कर्मचारी विना जानकारी कार्यालयमा अनुपस्थित रहेको पाइएको थियो । संघ मातहतका ८ कार्यालय र प्रदेश मातहतका पाँच कार्यालयमा छड्के अनुगमन गरिएको थियो । डिभिजन सडक इलामका ११, जिल्ला हुलाक कार्यालयका तीन, करदाता सेवा कार्यालयका एक, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना इलामका ४, नापी कार्यालय इलामका एक, कारागार कार्यालयका १, शिक्षा विकास तथा समन्वय एकाइका दुइ, वनस्पति अनुषन्धान कार्यालयका एक अनुपस्थित रहेका थिए । यस्तै डिभिजन वन कार्यालयका ४, शहरी विकास तथा भवन कार्यालयका एक, जलस्रोत तथा सिचाई विकास डिभिजनका ८, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्दका एक र स्वास्थ्य कार्यालयका १७ जना कर्मचारी अनुपस्थित रहेका थिए ।

कार्यालयमा अनुपस्थित रहेका कर्मचारीहरुले बिरामी भएको , घरमा श्राद्ध परेको जस्ता बहाना बनाएका थिए । कार्यालयमा जानकारी नदिइ केहि कर्मचारीले शनिबार विदाका दिन पनि हाजिर पुस्तिकामा हाजिर जनाएको पाइएको थियो । केहि कर्मचारीले  विदा पेश गरेको तर स्वीकृत नभइ अनुपस्थित रहेको पाइएकोे बताइएको छ । विना जानकारी कार्यालयमा अनुपस्थित रहेका कर्मचारीहरुलाई स्पष्टिकरण सोधेर सचेत गराइने पनि बताइएको छ ।

को-को परे छड्केमा ?

कार्यालयका एकदुई कर्मचारी बाध्यताबस बिना सूचना कार्यालयमा उपस्थित हुन नसक्नु स्वाभाविक भएपनि स्वास्थ्य कार्यालयका कर्मचारीको यो हेपाहा प्रवृत्ति सबैलाई चकित पार्ने खालको देखिएको छ । छड्केका दिन कार्यालयमा कार्यालय प्रमुख रहेका जनस्वास्थ्य अधिकृत टङ्कप्रसाद चौधरीसहित अधिकाँश कर्मचारीहरु अनुपस्थित रहेका छन् ।

प्रशासन कार्यालयबाट प्रापत अभिलेखअनुसार त्यहाँ कार्यरतमध्ये जनस्वास्थ्य अधिकृत महेश चौधरी, ल्याब टेक्निसियन निलेशकुमार ठाकुर, अधिकृत नृपकुमारी राजवंशी, भेण्टर कण्टूोल सुपरभाइजर बिमल बराल, तथ्याङ्क सहायक सञ्जु कार्की, हेल्थ असिस्टेण्ट नविनकुमार शर्मा, अनमी सुनिता बस्नेत, कास तिलमाया श्रेष्ठ, कम्प्यूटर अपरेटर ललित खतिवडा, कार्यालय सहयोगी सिता पौडेल, करार कर्मचारी निर्मलकुमार काप्mले, कर्मचारी प्रतिमा पौडेल, शाखा अधिकृत सुरजकुमार सरदार, शाखा अधिकृत अनुपम सिंह, हल्का सवारी चालक आशिष चौधरी, अनमी सन्दीप लिम्बू, स.ई. गोकुलानन्द देव, सि.अ.व. विना राई पनि अनुपस्थित पाइएका हुन् । उनीहरुले कुनै प्रकारको विदा स्वीकृत नगराई कार्यालयमा हाजिर नभएको पाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालयमा जस्तै सडक डिभिजन कार्यालयका पनि ११ जना कर्मचारी छड्केका क्रममा अनुपस्थित पाइएका छन् । सडकमा बिना जानकारी तथा बिदा नै स्वीकृत नगराई कार्यालय नआएका कर्मचारीमा लेखापाल, सब इञ्जिनियरदेखि कार्यालय सहयोगीसम्म छन् । छड्केका क्रममा सडकका लेखापाल चन्द्रकान्त पोखरेल, पाँचजना सब इञ्जिनियरहरु नुपु लामा, अमितकुमार चौधरी, विरजा शर्मा, तेजनारायण शाह र गणेश निरौला, रमेश कुमार शाह, सवारी चालक रामचन्द्र राई, कार्यालय सहयोगीहरु विष्णुप्रसाद खनाल, लोकबहादुर निरौला र भिमबहादुर पौडेल अनुपस्थित पाइएको प्रशासन कार्यालयले जनाएको हो ।

यता पिपलबोटेस्थित जनस्रोत तथा सिञ्चाई विकास डिभिजन कार्यालयका सात जना कर्मचारी पनि बिना जानकारी कार्यालय नआई घरमै बसेको छड्के निरीक्षणले देखाएको छ । त्यहाँका कर्मचारीमध्ये इञ्जिनियर दिनेशकुमार घिमिरे, इञ्जिनियर रामबालक शाह, अधिकृत प्रमिला पौडेल, सब इञ्जिनियर प्रदिपकुमार सिंह, सब इञ्जिनियर समिप श्रेष्ठ, सवारी चालक हेमनारायण चौधरी र कार्यालय सहयोगी धनबहादुर राईृ छड्केमा परेका हुन् ।

छड्के निरीक्षणले खानेपानीका इञ्जिनियर बिनोदकुमार योञ्जन, सब इञ्जिनियर मनोज श्रेष्ठ, सब इञ्जिनियर सीमा कुमारी र कास रामकुमार तामाङ तथा वनका लेखा अधिकृत युवराज बराल, रेञ्जर रमेश शिवाकोटी, सवारी चालक तिलक अधिकारी र कार्यालय सहयोगी चित्रबहादुर खत्री कार्यालय नआएको पाइएको हो ।

त्यस्तै हुलाकका खरिदार पद्माकुमारी बास्कोटा कट्टेल, कार्यालय सहयोगीहरु कमलबहादुर बस्नेत र तारादेवी निरौला, शिक्षाका शाखा अधिकृत डम्बरबहादुर सुबेदी र प्रास प्रतिमा पौडेल गयल देखिएको प्रशासनले जनाएको छ ।

करदाता सेवा कर्यालयका नायब सुब्बा तुलासीदेवी दाहाल, नापीका सर्भेक्षक शम्भु चौधरी, कारागारका हे अ पङ्कज पोखरेल, वनस्पतिका पदमप्रसाद आचार्य, शहरी विकासका इञ्जिनियर अभिशेक राजा शाही र पशुसेवाका पशु चिकित्सक डा सञ्जय ढुङ्गाना कार्यालयमा हाजिर नभएको अवस्थामा छड्के निरीक्षणले फेला पारेको हो ।

प्रशासन कार्यालयले सो दिन संघ र प्रदेश अन्तर्गतका २० वटा कार्यालयको अनुगमन गरेकोमा १३ वटा कार्यालयका ५७ जना कर्मचारी बिना जानकारी कार्यालयमा अनुपस्थित भएको पाइएको हो । सेवाग्राहीको गुनासो आएपछि  निरीक्षण गरिएको निमित्त प्रजिअ देवीचरण फुएलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार