कांग्रेस र राजपाका सांसदद्वारा संसद अवरुद्ध

काठमाडौँ : सोमबारको प्रतिनिधिसभाको बैठक सुरु भए लगत्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायत राष्ट्रिय जनता पार्टीका सांसदले नाराबाजी गर्दै संसद अवरुद्ध गरेका छन् ।

सभामुख कृष्ण महराले बैठकको कार्यसूची अगाडि बढाउने बताएसँगै कांग्रेस र राजपाका सांसदहरुले बेल अगाडि उभिएर नाराबाजी सुरु गरेका थिए । उनीहरुले सर्लाही घटनामा संसदीय समिति गठन हुनुपर्ने माग गर्दै नाराबाजी गरिरहेका छन् ।

सभामुख महराले सांसदहरुले बेल अगाडि उभिएर नाराबाजी गरिरहेपनि संसदको कारबाही स्थगित गरेका छैनन् । उनले संसद अवरुद्ध नगर्न र छलफलमा भाग लिन आग्रह गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार