स्प्रष्टिकरणको निर्णय सच्याउन आठराई गाउपालिकालाई पत्रकार महासंघको आव्हान ।।

तेह्रथुम , साउन
प्राथमिक स्वास्थ्य केन्द्र सक्रान्तीको कार्यालयमा दोहोरी गाउदै पार्टी गरेको समाचार लेख्दा पत्रकारलाई मात्र आठराई गाउपालिकाले स्प्रष्टीकरण माग गरेको भन्दै पत्रकार महासंघ तेह्रथुम र प्रेसयुनियन तेह्रथुमको ध्यानकार्षण भएको जनाएको छ । पत्रकार महासंघ तेह्रथुम र प्रेसयुनियन तेह्रथुमले छुट्टाछुट्टै शुक्रबार बिज्ञप्ती निकाल्दै निर्णय सच्याउन गाउपालिकालाई माग गरेको छ । आठराई गाउँपालिकाको सक्रान्ति बजारमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा साउन १ गते पार्टी सगै दोहोरी साँझ सञ्चालन गरेको समाचार ‘हाम्रो सवाल डटकम’अनलाईनका सञ्चालक तथा सम्पादक अमृत कुमार बास्तोलाले प्रकाशन गरेको भन्दै समाचार मनगणन्ते भएको आरोप सहित गाउँपालिका कार्यालयले सञ्चालक तथा सम्पादक बास्तोलालाई स्प्रष्टीरण माग गरि स्वतन्त्र पत्रकारिता माथी हस्तक्षेप गरेको उक्त निर्णय सच्याउन पत्रकार महासंघ तेह्रथुमका अध्यक्ष नरेश ढुंगाना र प्रेस युनियन तेह्रथुमका अध्यक्ष टिआर सुब्बाद्धारा हस्ताक्षरीत प्रेश बिज्ञप्तीमा भनिएको छ ।

महासंघ र युनियनले निकालेको बिज्ञप्तीमा प्रेस युनियनका जिल्ला सदस्य तथा सम्पादक बास्तोलालाई मात्र गाउपालिकाले स्प्रष्टीकरण माग गरेर स्वास्थ्यकेन्द्र जस्तो संबेदनसिल क्षेत्रमा भएको होहल्ला र पार्टीको बिषयलाई गौण बनाई पत्रकारको प्रेश स्वतन्त्रता माथीको प्रहार भएको भन्दै तुरुन्त निर्णय सच्याउन आठराई गाउपालिकालाई अनुरोध गरेको छ । यस अघि प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर सन्तोष प्रशाद शाहले बास्तोलाविरुद्ध गाउँपालिकाको कार्यालयमा उजुरी दिएपछि गाउँपालिकाले बास्तोलालाई ७ दिनभित्र समाचारको बारेमा लिखित स्ष्प्रटीकरण सहित उपस्थित हुनु आदेश दिएको थियो।यता गाउपालिका अध्यक्ष मान बहादुर लिम्बुले समाचारको विषयमा दुवै पक्षलाई गाउपालिकाको कार्यालयमा बोलाएर मिल्नका लागि पटक पटक अनुरोध गरे पनि बास्तोला नआए पछि गाउपालिकाको मातहतमा रहने राहत शिक्षक समेत भएकोले उनलाई स्प्रस्टीकरण माग गरिएको बताउनु भएको छ। उहाले स्थानीय सरकार आठराई गाउपालिकाको मातहतमा रहेका दुवै जना कर्मचारीलाई गाउपालिकाले स्प्रस्टीकरण माग गर्दा स्वास्थ्य केन्द्र प्रमुख शाहले आफ्नो गतिबिधीबारे आत्मआलोचना गरेकाले लिखित स्प्रस्टीकरण नलिएको जानकारी अभ्यक्ष लिम्बुको भनाई छ ।

डाक्टर शाह २०७३ साल फागुन २३ गते देखि स्वास्थ्य केन्द्र प्रमुखको जिम्म्ेवारी सम्हालेर काम गर्दै आउनुृ भएको छ भने पत्रकार बास्तोला स्थानीय रनदल आधारभुत बिद्यालय ईवामा करिब ६ बर्ष अघि देखि राहत दरबन्दीमा शिक्षक पेशामा आबद्ध भई पत्रकारीता समेत गर्दै आउनु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार