लोकेसेवा आयोगको कार्यालय घेराउ

काठमाडौं : स्थानीय तहमा रिक्त दरवर्दी पदपुर्तिका लागि लोकसेवा आयोगले गरेको विज्ञापन समावेशी समानुपातिक प्रणालीको मर्म विरुद्ध भएको भन्दै आरक्षण बचाऊ अभियान समितिले आज विहान लोकसेवा आयोगगको केन्द्रीय कार्यालय घेराउ गरेका छन् ।

घेराउ गर्ने सिलसिलामा आन्दोलनकारीले गरेको प्रदर्शनले बाटो अवरुद्ध भएपछि प्रहरी र प्रदर्शनकारीवीच घम्साघम्सी भएको थियो । प्रहरीले महिला प्रदर्शनकारीमाथि अन्धाधुन्ध आक्रमणगरेपछि केहीछिन अवश्था तनावग्रस्त बनेको थियो । परीक्षाको पूर्व सन्ध्यामा विज्ञापनबाट असन्तुष्ट वहिष्कृत समुदायलले विभिन्न कार्यक्रमहरु लगातार रुपमा सञ्चालन गर्दै आएका छन् ।

मशाल जुलुस,सिठ्ठी जुुलुस र लोकसेवा आयोगको कार्यालयमा तालाबन्दी र घेराउ कार्यक्रम अन्तर्गत आज देशभर रहेको आयोगको कार्यालयमा तालाबन्दी र घेराउ कार्यक्रम सम्पन्न भएको आरक्षण बचाउ समितिले जनाएको छ ।  टुँडिखेलबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार