फिदिममा सिसेक्पा तङ्नाम मनाइयो

  नयाँ बुलन्द
0 Shares

पाँचथर : लिम्बू जातिको पर्व सिसेक्पा तङनाम (साउने सक्रान्ति पर्व) पाँचथर सदरमुकाम फिदिममा बुधबार मनाइएको छ ।सदरमुकामस्थित तमोरभ्याली गेष्टहाउसको चुम्देन हलमा शुभकामना आदान–प्रदान गरी सिसेक्पा तङ्नाम मनाइएको हो । लिम्बू समुदायले सिसेक्पा तङ्नामलाई अनिकाल खेदाउने र सहकाल भित्र्याउने पर्वको रुपमा मनाउने गर्दछन् । मुन्धुमी मान्यता अनुसार घर–घरमा साक्योङ झुन्ड्याउने र बेलुकी अनिकाल खेदाउने र सहकाल भित्र्याउने परम्परा रहेको छ ।

किरात याक्थुङ चुम्लुङ पाँचथर शाखाले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि किरात याक्थुङ चुम्लुङका केन्द्रीय सचिव चन्द्रकुमार आङदेम्बे, बिशेष अतिथि चुम्लुङ लिम्बुवान प्रदेश समितिका सचिव मधु केरुङ, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य हरिचन्द्र लाओती, चुम्लुङ प्रदेश सदस्य लक्ष्मण लाओती र नेपाल आदिबासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पाँचथरका अध्यक्ष रिञ्जी शेर्पा लगायतले सिसेक्पा तङनामको साँस्कृतिक महत्वबारे बोलेको चुम्लुङ पाँचथर सचिव सुरेन शिशिर केरुङले बताए ।

कार्यक्रम चुम्लुङ पाँचथर अध्यक्ष नरेन्द्रराज केरुङको अध्यक्षतामा सम्पन्न भएको थियो । पूर्वपोष्टबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार