प्रधानमन्त्री रोजगार कार्यक्रम : माङसेबुङमा ९ आयोजना मर्मत (फोटो फिचर)

  नयाँ बुलन्द
0 Shares

माङसेबुङ : प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत इलामको माङसेबुङ गाउँपालिकामा विभिन्न ९ वटा आयोजनाको मर्मत गरिएको छ ।

गत १३ असारदेखि संचालित कार्यक्रम अन्तरगत वडाले प्राथमिकता र पहिचान गरी छनौट गरेका ६ वटै वडाका ९ वटा सडक आयोजनाको मर्मत गरिएको हो । कार्यक्रम अन्तरगत सडकको खाल्डाखुल्डी पुर्ने, नाली व्यवस्थापन गर्ने, सोलिङ गर्नेलगायतको काम गरिएको जनाइएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत ‘काममा लागि पारिश्रमिक’ मा प्राथमिकता क्रममा सहेका प्रत्येक वडामा १५ जनाका दरले ९० जना बेरोजगारले रोजगार पाएको कार्यक्रम अधिकृत दिपेशकुमार दासले जानकारी दिए ।

कामका लागि पारिश्रमिक कार्यक्रममा ८ सय १० दिन बराबरको रोजगार सिर्जना गरी प्राथमिकतामा परेका बेरोजगारलाई रोगारको काममा लगाइएको अधिकृत दासले जानकारी दिए । उनीहरुले १ दिन बराबर ५ सय १७ रुपैयाँ पाए । कार्यक्रम अन्तरगत माङसेबुङ गाउँपालिकामा ६ लाख रुपैयाँ प्राप्त भएको थियो ।

गाउँपालिकाले माग गरेको सूचना अनुसार आवेदन दिएकामध्ये तोकिएको मापदण्डमा प्रत्येक वडाबाट बेरोजगार प्राथमिकीकरण गरी रोजगारको काममा लगाइएको माङसेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिङ्गोले बताए ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बेरोजगार नागरिकलाई रोजगारी दिन १ फागुन २०७५ देखि  प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याएको हो।

‘सबैका लागि रोजगार: संवैधानिक अधिकार’ नारा भएको यो कार्यक्रम श्रमिकलक्षित छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार