बोनम्यारो पीडित थापालाई मलेसियाबाट सहयोग

  नयाँ बुलन्द  89 पटक हेरिएको

काठमाडौं : मलेसियामा रहेका नेपालीले ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाका बोनम्यारो पीडित अर्जुन थापाको उपचारार्थ आर्थिक सहयोग गरेका छन् ।

ताप्लेजुङ थेचम्बु युवा एकता सेवा समाज मलेसियाले ९४ हजार रुपैयाँ संकलन गरी पठाएको छ । घट्टेकुलोमा शनिबार उक्त रकम बराबरको चेक थेचम्बु काबेली सेवा समाजका अध्यक्ष काजीमान सुब्बाले बिरामीलाई हस्तान्तरण गरे ।

थापाको उपचार सिभिल अस्पतालमा भइरहेको छ । उनको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने परिवार स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार