इलाम नगरपालिकाको पाँचौ नगरसभा सम्पन्न

के के छन विशेष प्रस्ताबहरु ??

  नयाँ बुलन्द
0 Shares

इलाम : इलाम नगरपालिकाको पाँचौ नगरसभा आज सम्पन्न भएको छ ।

आषाढ ९ गतेबाट शुरु नगरसभामा इलाम नगरपालिकाको आ.व.२०७६/७७ को बजेट तथा कार्यक्रम,चार वटा विधयेक पास गर्दै आज सम्पन्न भएको हो ।

यस्ता छन  विषेश प्रस्तावहरु

१ बाँदर, बँदेल, मृग, दुम्सी लगायत बन्यजन्तु र मानवको द्वन्द्वबारे नीति निर्माण गर्ने तहमा बाँदरलाई व्यवस्थापन गर्न राष्ट्रिय नीति बनाउन विशेष पहल गर्ने र सो द्वन्द्व न्यूनीकरणका लागि सामुदायिक वनमार्फत नै कार्यक्रम कार्यान्वयन गर्दा प्रभावकारी हुने देखिएकोले सामुदायिक वन उपभोक्ता समूहहरुले स्थानीय जातको फलफूल, केरा, बयर र कन्दमूल १० प्रतिशत अनिवार्य लगाउने, रैथाने बोटविरुवालाई प्राथमिकता दिने साथै महिनामा कम्तीमा एक पटक अनिवार्य रुपमा कृषि तथा भेटनरी प्राविधिकसहितको कृषक चौतारीको व्यवस्थापन मिलाउन सामुदायिक वन उपभोक्ता समूहलाई अनुरोध गर्ने निर्णय गरियो ।

२ जलाशययुक्त विद्युत उत्पादन सम्बन्धमा माइजोगमाईको दोभानदेखि दोलखा हाइड्रोको इन्टेकको मास्तिर रहेको साँगुरो जग्गामा जलाशय हुने गरी बहुद्देश्यीय बाँध बाँधी विद्युत उत्पादनको लागि इलाम नगरपालिकाले प्रक्रिया अगाडि बर्ढाई नेपाल सरकार समक्ष अनुरोध गर्ने निर्णय गरियो ।

३ पर्यटन प्रवर्द्धनको लागि इलाम बजारलाई केन्द्र मानेर आसपासका क्षेत्रहरुमा पर्यटकीय आकर्षण विकास गर्ने, प्याकेज तयार गरी सरोकारवाला व्यक्ति, संघसंस्थामार्फत बजारीकरण गर्ने र उल्लिखित कार्यमा सहयोगको लागि मेची पहाडी क्षेत्र पर्यटन विकास समितिलाई अनुरोध गर्ने निर्णय गरियो ।

४ स्थानीय उपजको बजारीकरण, स्थानीय रोजगार सिर्जना, स्थानीय उद्योग उद्यमहरुको उपयुक्त व्यवस्थापन जस्ता कार्यको लागि नगरपालिकास्तरीय उद्योग ग्राम स्थापना र सञ्चालन गर्ने निर्णयगरियो ।

५ कृषि पेशालाई व्यवसायीकरण गर्नका लागि नगरपालिका भित्र रहेका खेतीयोग्य जमिनको पहिचान गरी उक्त ठाउँमा उचित सिंचाईको व्यवस्थापन गर्ने निर्णय गरियो ।

६ नगरस्तरीय पाठ्यक्रम बारे नैतिक शिक्षा, फोहर व्यवस्थापन, पर्यटन ट्राफिक नियम लगायत पाठ्यक्रम थप गर्नु पर्ने निर्णय गरियो ।

७ इलाम बजारको ट्राफिक अस्तव्यस्त भएकोले ट्राफिकसम्बन्धी जनचेतना र ट्राफिक चिन्हहरु राख्नका लागि कार्यक्रम तयार गर्ने र ट्राफिक व्यवस्थापन सम्बन्धमा नगरपालिकाबाट तयार गरिएको कार्ययोजना लागू गर्नका लागि सरोकारवाला निकायहरुमा अनुरोध गर्ने निर्णय गरियो ।

८ बिप्ल्याटे रुलुक पञ्चमी नयाँबजार सडक स्तरोन्नतिरकालोपत्रे गर्न, इलाम नगरपालिका वार्ड नं। ६, ८, ५ हुँदै सोयाङ्ग नयाँबजार सडक स्तरोन्नतिरकालोपत्रे गर्नका लागि संघीय तथा प्रदेश सरकारसँग माग गर्ने निर्णयगरियो ।

९ वन वातावरणमा जलवायु परिवर्तनको असर र प्रभाव बारे व्यापक रुपमा जनचेतना र जलवायु परिवर्तन अनुकुलनको लागि कार्यक्रम बनाई कार्यान्वयन गर्ने निर्णय गरियो ।

१० महिला उद्यमीरव्यवसायीहरुको लागि सरल र सस्तो व्याजदरमा बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण उपलब्ध गराउन नगरपालिकाबाट विशेष पहल गर्ने निर्णय गरियो ।

११ इलाम नगरपालिका वार्ड नं। ७ स्थित नेपाली सेनाको स्वामित्वमा रहेको ठूलो टुँडिखेलमा विगतदेखि विभिन्न र्सार्वजनिक सभा समारोह तथा खेलकूद विकास कार्यक्रम आयोजना हुँदै आएको र सो टुँडिखेल नेपाली सेनाको गढीथुम्का ब्यारेकदेखि टाढा रहेको तथा बजार क्षेत्रसँग जोडिएकोले सो ठूलो टुँडिखेलको सटृामा गढीथुम्का ब्यारेकलाई सहज हुने जग्गा उपलब्ध गराउने गरी उक्त ठूलो टुँडिखेल इलाम नगरपालिकालाई हस्तान्तरण गरी दिनका लागि नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरियो ।

१२ इलाम नगरपालिका वार्ड नं। ७ मा रहेको आदर्श मा।वि। इलामलाई सूचना प्रविधि मैत्री विद्यालयमा रुपान्तरण गर्ने कार्य भइरहेकोमा सो कार्यमा थप व्यवस्थापन गर्दै नगरका अन्य मा।वि।हरुलाई समेत सूचना प्रविधि मैत्री विद्यालयमा रुपान्तरण गर्ने कार्यमा सहयोगको लागि नेपाल सरकार, सूचना प्रविधि विभाग, काठमाडौलाई अनुरोध गर्ने निर्णय गरियो ।

१३ इलाम नगरपालिकास्थित बरबोटेमा वि।सं।२०१४ सालमा स्थापित भई इलामको उत्तरी क्षेत्रको शैक्षिक थलोको रुपमा विकास भइरहेको अमर मा।वि। मा कक्षा नर्सरीदेखि कक्षा १२ सम्मका कक्षाहरु संचालन भइरहेको र कक्षा ९ देखि प्राविधिकधार अर्न्तर्गत कम्प्युटर इन्जिनियरिङ्ग तथा अंग्रेजी माध्यमका कक्षाहरु समेत संचालन भइरहेको हुनाले नमुना विद्यालय छनौटका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्र भक्तपुरमा आवेदन दिई सो केन्द्रले मापदण्ड अनुसार मूल्यांकन समेत गरिसकेको र सो मापदण्ड अनुरुप इलाम नगरका कुनै पनि विद्यालय छनौटमा नभएको र नेपाल सरकारको नीति समेत १ स्थानीय तह १ नमुना विद्यालय बनाउने रहेकोले सो विद्यालयलाई नमुना विद्यालयको रुपमा छनौट गरि दिन नेपाल सरकारमा अनुरोध गर्ने निर्णय गरियो ।

१४ इलाम नगरपालिकाको केन्द्रको रुपमा रहेको इलाम बजारलाई तराई र मुल राजमार्ग छोटो दुरीको मार्गबाट जोडी यसको आर्थिक क्रियाकलापलाई कमजोर बन्न नदिई थप विकासमा अगाडि बढाउन आवश्यक भएकोले बिर्तामोड दानाबारी चिसापानी सोयाक बेलासे हुँदै इलाम न।पा। ९ भन्ज्याङ्गसम्म र चिसापानीदेखि माईखोलासम्मको छोटो दुरीको राजमार्ग निर्माण गर्न नेपाल सरकार तथा १ नं। प्रदेश सरकारसँग अनुरोध गर्ने निर्णय गरियो ।

१५ इलाम सदरमुकाममा रहेको इलाम अस्पताललाई ५० शैयाको अस्पताल सरकारले घोषणा गरेपनि यस बमोजिमको सेवा अस्पतालले पुर्याउन सकिरहेको छैन । अस्पतालमा विगत २ वर्षदेखि आठ वटा विशेषज्ञ सेवासहित १६ जना डाक्टरको दरबन्दी स्वीकृत भए पनि कुनै विशेषज्ञ सेवा संचालन हुन नसकेको कारण इलामका आम नागरिक स्वास्थ्य सेवाको लागि जिल्ला बाहिर जान बाध्य बनिरहेका यो परिस्थितिको महसुस गरी इलाम अस्पताललाई सरकारले निर्णय गरे बमोजिमको हैसियतमा अस्पताल संचालन गरिदिन नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरियो ।

१६ इलाम सदरमुकाममा रहेको चिया बगान वि।सं। १९२० सालमा स्थापना गरेको नेपालको सबै भन्दा पुरानो चिया बगान हो भने यहाँको कारखाना वि।सं। १९३५ सालमा स्थापना भएको मुलुकको दोस्रो पुरानो कारखाना हो । तर आज यी ऐतिहासिक तथा पुरातात्विक बगान र चिया कारखाना उजाड र खण्डहर बनेको छ । नेपाल सरकारले निजीकरण गर्ने सर्न्दर्भमा यी ऐतिहासिक र पुरातात्विक सम्पदा निजी कम्पनीलाई लिजमा दिएको छ । निजी कम्पनीले इलामको चिया कारखानाका पुरातात्विक महत्वका मेसिन उपकरण अन्यत्र लगी कारखाना भवनलाई खण्डहर बनाएको छ भने चिया बगान उचित संरक्षण र सम्भार नगरी चिया बगान नभई उन्युघारी बनाएको छ । यो कार्यले इलामको इतिहास गुम्दैछ भने इलामले आफ्नो सौर्न्दर्य र पहिचान गुमाई कुरुप बनिरहेको छ । यो कार्यले इलामको नागरिकको सम्मानमा ठेस पुगेको र आफ्नो गौरव र इतिहास नासिएको यो नगरसभा महसुस गर्दछ । अतः यो ऐतिहासिक तथा पुरातात्विक सम्पदाको संरक्षण गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछ र यी सम्पदालाई चिया संग्रहालय र बगानलाई अध्ययन अन्वेषणको केन्द्र बनाई संचालन गर्न नेपाल सरकारलाई अनुरोध गर्ने साथै ऐतिहासिक इलाम चिया बगानको संरक्षण तथा सर्म्वर्द्धनका लागि चिया बगानको जग्गा नगरपालिकालाई हस्तान्तरण गरि दिन समेत अनुरोध गर्ने निर्णय गरियो ।

१७ इलाम नगरपालिका वडा नं. १० गोदक र माइजोगमाई गाउँपालिकाको नामसालिङ्ग माइबेनी बीचमा पर्ने जोगमाई खोलामा पक्की पुल निर्माणका लागि सर्भेक्षण गर्न र इलाम नगरपालिका वार्ड नं. ९ र १२ को पुवाखोला रातेबगरमा पक्की पुल निर्माणका लागि सर्भेक्षण भइसकेको हुनाले पुल निर्माणका लागि नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरियो ।

१८ इलाम नगरपालिका वडा नं। १ साखेजुङ्गमा सञ्चालनमा आएको सि।टि।इ।भि।टि।अर्न्तर्गतको रत्न कुमार वान्तवा पोलिटेक्निक इन्स्टिच्युटमा भेटेरेनरी साइन्सको कक्षा सञ्चालन भइरहेकोमा सो इन्स्टिच्युटमा नर्सिङ्ग, एच।ए।, वन विज्ञान र इन्जिनियरिङ्ग कक्षा समेत सञ्चालनका लागी सम्बन्धित निकायमा माग गर्ने निर्णय गरियो ।

१९ खेलकुद क्षेत्रको सम्भावनालाई उजागर गर्दै खेलकुदको विकास गर्न इलाम नगरपालिका वडा नं १० राजदुवालीमा प्रस्ताव गरिएको माई भगवती रंगशाला निर्माणका लागि संघीय सरकारलाई अनुरोध गर्ने निर्णय गरियो ।

२० इलाम नगरपालिका वडा नं। ७ मा सञ्चालित महेन्द्र रत्न बहुमुखी क्याम्पसलाई फूल तथा वागवानी विषयको अध्ययन, अध्यापन र अनुसन्धान गर्ने शैक्षिक संस्थाका रूपमा विकास गर्न तथा महेन्द्ररत्न बहुमुखी क्याम्पस इलाममा डिम विश्वविद्यालय बनाउन १ नं। प्रदेश सरकारसँग अनुरोध गर्ने निर्णय गरियो ।

२१ इलाम नगरपालिका वार्ड नं। ११ को सोयाकको केही क्षेत्रमा खानेपानी अभाव भएको हुनाले सो स्थानलाई सुखाग्रस्त क्षेत्र घोषण गरी खानेपानीको व्यवस्थापनका लागि नेपाल सरकारसँग अनुरोध गर्ने निर्णय गरियो ।
२२ मिति २०७५।११।४ गतेका दिन इलाम नगरपालिकाको वडा नं। १, २, ३, ४, ५ मा परेको भिषण असिना पानीले यस क्षेत्रको नगदेवाली चिया, किवी, आलु, तोरी, अलैंची, अम्रिसो लगायतका बालीहरुलाई क्षति पुर्याएको हुनाले पीडित कृषकहरुलाई राहतको व्यवस्थापनका लागि नेपाल सरकारमा अनुरोध गर्ने निर्णय गरियो ।
२३ इलाम नगरपालिका वार्ड नं। ६ र ८ मा स्वास्थ्य चौकीको अभाव भएको हुँदा स्वास्थ्य चौकीको व्यवस्थापनका लागि नेपाल सरकार, स्वास्थ्य मन्त्रालयमा अनुरोध गर्ने निर्णय गरियो ।
२४ नगरका कृषि सहकारी संस्थाहरुले आफ्नो सदस्य तथा उपभोक्ताहरुका लागि महिनामा कम्तीमा एक पटक कृषिरभेटनरी प्राविधिक सहितको कृषक चौतारी कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाउनका लागि सम्बन्धित सहकारी संस्थाहरुमा अनुरोध गर्ने निर्णय गरियो ।
२५ नेपाल सरकारले पुर्वी पहाडको पाँचथर र इलाम मध्ये एक स्थानमा मेडिकल कलेज स्थापनाका लागि अध्ययन गरिसकेको र मेडिकल कलेज स्थापनाका लागि संभावित जग्गा तथा पुर्वाधार पहिचान गरिसकेको हुँदा सो मेडिकल कलेज इलाम नगरमा स्थापनाका लागि नेपाल सरकारमा अनुरोध गर्ने निर्णय गरियो ।
२६ इलाम नगरपालिका वार्ड नं। ७ भानुपथको बसपार्कमा विस्तृत परियोजना प्रस्ताव अनुसार रु २३ करोड ६१ लाख लागत अनुमान भएको मुख्यमन्त्री बहुतले मोटर पार्किङ्ग योजना कार्यान्वयनका लागि १ नं। प्रदेश सरकारबाट रु १ करोड बजेट विनियोजन भएकोले विनियोजित बजेटका लागि धन्यवाद ज्ञापन गर्दै थप बजेट विनियोजनका लागि १ नं। प्रदेश सरकारमा अनुरोध गर्ने निर्णय गरियो ।
२७ इलाम जिल्ला गाई लगायत पशुपन्छी पालनका लागि महत्वपूर्ण जिल्ला भएको र यस क्षेत्रका पशुपालकहरुका लागि पशु सेवा सुविधा दैनिक रुपमा आवश्यक पर्ने वास्तविकतालाई मनन गरी इलाम नगरपालिका क्षेत्रमा भेटनरी अस्पताल तथा विज्ञ केन्द्र स्थापना गरी सञ्चालन गर्नु पर्नेमा सो केन्द्र झापाको भद्रपुरमा सचालन भएको कारण यस क्षेत्रका पशुपालक कृषकहरुका पशुहरुलाई समयमै उपचार सुविधा दिन समस्या भएको हुनाले इलाम नगर क्षेत्रमा भेटनरी अस्पताल तथा विज्ञ केन्द्र स्थापना तथा सञ्चालनका लागि १ नं। प्रदेश सरकारमा अनुरोध गर्ने निर्णयगरियो ।
२८ इलाम नगरपालिका वार्ड नं। ९ र १२ को बीचमा पर्ने पुवाखोलामा ड्याम बनाई सञ्चित गरी जल सञ्चय गरी लिफ्ट प्रविधिबाट पानी तानेर इलाम नगरपालिका वार्ड नं। ९ मा सिंचाइ सुविधाको व्यवस्था मिलाउन नेपाल सरकारमा अनुरोध गर्ने निर्णय गरियो ।
२९ नेपालको संविधान बमोजिम ३ तहको सरकार गठन भई क्रियाशील रहेको र ३ तहको सरकारको काम कर्तव्य संविधानमा स्पष्ट हुँदाहुँदै पनि संघ र प्रदेशबाट सानामसिना योजना तथा कार्यक्रमहरु स्थानीय तहमार्फत सम्पादन हुनु पर्नेमा संघ प्रदेशबाटै हुने गरेको पाइएकोले सानामसिना योजना तथा कार्यक्रमहरु स्थानीय तहमार्फत सम्पादन गर्ने गराउने व्यवस्था मिलाउन नेपाल सरकार तथा प्रदेश सरकारमा अनुरोध गर्ने निर्णयगरियो ।
३० नेपालको संविधानको अनुसूची ८ बमोजिम आधारभूत र माध्यमिक शिक्षा स्थानीय तहको अधिकारको सूचीमा परेको भए पनि नेपाल सरकारको वर्तमान नीतिका कारण सो अधिकार निर्वाध रुपमा प्रयोग गर्न विभिन्न बाधा अड्चन र कठिनाईहरुको सामना गर्नु परिरहेको हुँदा संविधानबाट प्रदत्त अधिकारको निर्वाध प्रयोग गर्न पाउने व्यवस्थाका लागि नेपाल सरकारमा अनुरोध गर्ने निर्णय गरियो ।
३१ स्थानीय तथ्याङ्क र अभिलेखलाई व्यवस्थित गर्दै लैजानका लागि नगर क्षेत्रमा भएका घरहरुको यथार्थ तथ्याङ्क राख्नु आवश्यक भएको हुनाले सो तथ्याङ्क संकलन गरी अभिलेख व्यवस्थित गर्ने र सो कार्यमा सहयोगको लागि नेपाल सरकारसँग अनुरोध गर्ने निर्णय गरियो ।
३२ इलाम नगरपालिकाको वडा वडाबाट संघीय तथा प्रदेश सरकारमार्पmत सम्बोधन हुनका लागि माग भएका योजना तथा कार्यक्रमहरु नेपाल सरकार तथा १ नं. प्रदेश सरकारमा कार्यान्वयनका लागि पठाउने निर्णय गरियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार