इलाम साङरुम्बा माबिका प्रअ बिश्वकर्माको पक्षमा अदालतको फैसला

  नयाँ बुलन्द
0 Shares

इलाम: उच्च अदालत बिराटनगर इलाम इजलासले साङरुम्बा माबिका प्रअ मातृका प्रसाद बिश्वकर्माको पक्षमा फैसला गरेको छ । अदालतले इलाम नगरपालिका वडा नम्बर १२ स्थित साङरुम्बा माबिका प्रअ मातृका प्रसाद विश्वकर्माले आर्थिक हिनामिना नगरेको भन्दै न्यायधिस प्रकाशचन्द्र गजुरेल र अच्युत बिष्टको संयुक्त इजलासले बिश्वकर्माको पक्षमा फैसला गरेको हो ।

इलाम नगरपालिकाले विश्वकर्मा माथि लगाएको आरोपमा कुनै प्रमाण नभेटिएकोले यथावत रुपमा काम गर्न विश्वकर्मालाई आदेश दिएको हो । इलाम नगरकार्यपालिकाको २०७५ माघ २३ गतेको बैठकले प्रअ विश्वकर्माले बिद्यालयमा आर्थिक हिनामिना गरेको साथै आर्थिक पारदर्शिता नभएको भन्दै प्रअ विश्वकर्मालाई निस्कासन सहितको पत्र पठाएको थियो । प्रअ विश्वकर्माको ठाउँमा सोही बिद्यालयका अस्थायी शिक्षक नेत्र तामाङलाई प्रअको जिम्मेवारी दिएको थियो ।

प्रअ विश्वकर्माले नगरकार्यपालिकाको निर्णयमा असहमति जनाउदै उक्त निर्णयको बिरुद्द अदालतमा रिट दायर गर्नुभएको थियो । गत चैत्र १२ गते मुद्धाको फैसला नभइन्जेसम्मका लागि नगरपालिकाको सो निर्णय यथास्थितीमा राखी प्रअ बिश्वकर्मालाई नियमित काम गर्न अदालतले अन्तरिम आदेश जारी गरेको थियो ।

नगरपालिकाले आर्थिक हिनामिनाको आरोप लगाए सँगै प्रअ विश्वकर्माको नाममा रहेको बैन्क खाता समेत रोक्का गरेको थियो । nepalbanifm

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार