गोलिया सहितको ट्रक पक्राउ

  नयाँ बुलन्द  104 पटक हेरिएको

इलाम : मेची राजमार्ग अन्तर्गत इलामको रोङ गाउँपालिकाबाट गोलिया सहितको ट्रक पक्राउ परेको छ । मंगलबार प्रहरी चौकी किटेनीले सवारी चेकजाँच गर्ने क्रममा इलामबाट झापा तर्फ जाँदै गरेको मे १ ख १८६५ नम्बरको ट्रक पक्राउ गरिएको हो।

गोलिया (काठ) सम्बन्धि कागजातहरू नभएकाले गोलिया (काठ), ट्रक र चालक पाँचथरको फिदिम नगरपालिका ८ बस्ने अमृत श्रेष्ठलाई नियन्त्रणमा लिइ आवश्यक कारबाहीका लागि रोङ सव डिभिजन वन कार्यालय इलाममा बुझाइएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार