प्रेस स्वतन्त्रता माग्दै पत्रकार आन्दोलनममा (भिडियो सहित)

इलामका पत्रकारले पनि ऐक्यवद्धता जनाए

  नयाँ बुलन्द  82 पटक हेरिएको

इलाम : सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल विधेयक विरुद्ध इलामका पत्रकार आन्दोलनमा उत्रिएका छन् ।

प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने गरी सरकारले संसदमा विधयेक पेस गरेको हुँदा त्यसका विरुद्ध देशभरका पत्रकारले सुरु गरेको आन्दोलनमा इलामका पत्रकारले पनि ऐक्यवद्धता जनाएका हुन् ।

‘काउन्सिलबाट जारी भएको आचार संहिता विपरित कुनै सामाग्री प्रकाशन वा प्रसारण गरेको कारण मर्यादावा प्रतिष्ठामा आँच पु¥याएको भनी सम्बन्धित व्यक्तिले दफा १६ बमोजिम दिएको उजुरी उपर दफा १७ बमोजिम जाँचबुझ गर्दा कसैको मर्यादा वा प्रतिष्ठा आँच पु¥याएको देखिएमा काउन्सिलले सम्बन्धित आमसञ्चार माध्यम, प्रकाशक सम्पादक, पत्रकार वा संवाददातालाई पच्चिस हजार रुपैयाँदेखि दश लाख रुपैँयासम्म जरिवाना गर्न सक्ने व्यवस्था गरिएको छ ।’ विधेयकमा उल्लेख गरेको छ ।
सो प्रावधानमा विरोध जनाउँदै नेपाल पत्रकार महासंघले आन्दोलनका कार्यक्रम घोषणा गरे अनुरुप इलाम साखाले शुक्रबार इलाम चोक बजारमा सञ्चार सामग्री सहित विरोध प्रदर्शन गरेको हो ।

पत्रकारहरुले सडकमा आफ्नो ल्यापटप, क्यामेरा, भ्वाइस रेकर्डर लगायतका सञ्चार सामग्री प्रदर्शन गर्दै सरकारले पेस गरेको विधेयक विरुद्ध सडकमा उत्रिएका हुन् ।

भिडियो हेर्नुहोस् :

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार