प्रवासी संजालद्वारा मृतक परिवारलाई १ लाख बढि सहयोग

  नयाँ बुलन्द  172 पटक हेरिएको

चुलाचुली : प्रवासी संजाल चुलाचुली पेल्टिमारी इलाले अस्थाई कार्यालयकाे समउदघाटन अवसरमा दुवईमा सडक दुर्घटनापरि मृतककाे परिवारलाई  राहत वितरण  कार्यक्रम सम्पन्न  गरेको छ

दुर्घटनामा परी अल्पकालीन नीधन भएको रत्न साउदेनकाे परिवारलाई ४ जना छाेराछाेरीका शैक्षिक खर्चको  लागि  जनही २६ हजारले जम्मा १ लाख २० हजार ९ सय ८९ रुपैयाँ  नगद प्रमुख अतिथि ३ नम्वर वडा अध्यक्ष  नर बहादुर लावतीद्धरा  हस्तान्तरण गरिएको छ ।

चुलाचुली  गाउँपालिकाकाे  उपाध्यक्ष तथा न्यायिक समितिकि संयाेजक  निर्मला दाहालकाे प्रमुख अातिथ्यमा उक्त  संजालकाे अस्थाई कार्यलय समेत  समुदघाटन  गरिएको थियाे ।

चुलाचुली गाउँपालिका वडा नं.३ स्थित अन्नपूर्ण युवा क्लवकाे भवनमा अायाेजना गरिएको कार्यक्रम संजालका अध्यक्ष बलराम गरीकाे संयाेजकत्वमा सम्पन्न भएको थियाे भने, कार्यक्रम छत्र चाम्लिङले संचालन गरेको थियाे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार