संघीय समाजावादी फोरम संखुवासभामा राई

  नयाँ बुलन्द
0 Shares

खाँदबारी : सङ्घीय समाजवादी फोरम नेपाल संखुवासभा समन्वय समिति कवानसेन राईको अध्यक्षतामा शनिबार गठन भएको छ । ससफो संखुवासभा जिल्ला भेलाले राईको अध्यक्षतामा ३१ सदस्यीय जिल्ला समन्वय समिति गठन गरेको हो ।

पार्टीका महासचिव एवम् १ नम्बर प्रदेश इन्चार्ज रणध्वज कन्दङ्वाको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले जिल्ला समन्वय समिति गठन गरेको ससफो केन्द्रीय सदस्य दिपक याक्खाले जानकारी दिए । भेलामा केन्द्रीय सदस्य एवम् १ नम्बर प्रदेश सांसद आरसी तुम्बा, केन्द्रीय सदस्य भवानी लोहोरुङ, किरात प्रदेश सम्पर्क समितिका अध्यक्ष थमानसिंह याम्फू, ससफो १ नम्बर प्रदेश सदस्य भरत याक्खा, समाजवादी युवा फोरमका केन्द्रीय सदस्य अशोक गुरुङ, सङ्घीय प्रेस फोरम १ नम्बर प्रदेश कोषाध्यक्ष मनकुमारी राई लगायतको आतित्यथा रहेको थियो ।

भेलाले जिल्ला उपाध्यक्ष कृष्ण तामाङ, सचिव भरत किराती, सहसचिव भोला याक्खा, कोषाध्यक्ष थमानाथ वालिनलाई चयन गरेको हो । त्यस्तै भेलाका बीच राष्ट्रिय जनमुक्ति पार्टीका संखुवासभा जिल्ला अध्यक्ष विजय पहाडीसहित सिङ्गो जिल्ला समिति नै ससफोमा प्रवेश गरेको प्रेस फोरम १ नम्बर प्रदेश कोषाध्यक्ष मनकुमारी राईले बताइन् । गठित जिल्ला समन्वय समितिले आइतबार पार्टीको प्रतिनिधि सभा क्षेत्र समन्वय समिति र प्रदेश सभा क्षेत्र (क) र (ख) समन्वय समिति गठन गर्ने अध्यक्ष कवानसेन राईले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार