पत्रकारहरु आन्दोलित, ७७ वटै जिल्ला प्रशासन कार्यालयमा धर्ना (भिडियो सहित)

  नयाँ बुलन्द
0 Shares

इलाम : ठगी सम्बनधी समाचार अनलाइनमा प्रकाशित गरेको विषयलाई लिएर पक्राउ परेका पोखराका पत्रकार अर्जुन गिरीविरुद्ध साइबर अपराध मुद्दा दर्ता भएपछि पत्रकारहरुले त्यसको विरोधस्वरुप इलामसहित देशभरका जिल्ला प्रशासन कार्यालय अगाडी बिहीबार बिहान धर्ना दिएका छन् ।

नेपाल पत्रकार महासंघ, जिल्ला शाखाको अगुवाइमा पत्रकारहरुले जिल्ला प्रशासन अगाडि उभिएर पत्रकार पक्राउको विरोधमा धर्ना दिएका हुन् ।

बतास अर्गनाइजेसनका सञ्चालक सदस्य विपेन्द्रराज बतासले पत्रकार गिरीमाथि पेश गरेको साइबर अपराधको उजुरीका आधारमा गिरीलाई केन्द्रीय अनुसन्धान विभाग (सीईबी)ले पक्राउ गरेको हो ।

उनलाई साइबर अपराध सम्बन्धी मुद्दामा मंगलबार जिल्ला अदालत काठमाडौंले ३ दिन म्याद थप गरी थुनामा राख्ने आदेश दिएको छ । महासंघले थप संघर्षका कार्यक्रम ल्याउने चेतावनीसमेत दिएको छ ।

अनलाइनमा समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गर्नु प्रेस स्वतन्त्रताविरोधी भएकाले यसलाई सच्याउनु पर्ने माग पत्रकारहरुको छ ।

भिडियो हेर्नुहोस् इलामको धर्ना :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार