जग्गा परेछ नक्कली, विष्णु पौडेल ठगिनुभयो : सन्चारमन्त्री

काठमाडौं : सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रधानमन्त्री निवास बालुवाटारको जग्गा किनबेच नभएको दाबी गरेका छन् ।

बिहीबार सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्री निवासको जग्गा किनबेच भएको नभइ जोडिएको ललिता निवासको विषय भएको बताए ।

मन्त्री बाँस्कोटाले बालुवाटारको जग्गा रोक्का राख्ने निर्णय भइसकेको र जग्गा नक्कली परेकाले नेकपाका महासचिव विष्णु पौडेल ठगिएको जिकिर गरे ।

उनले भने–‘उहाँले जारी गरेको बयानको आधारमा उहाँ त आफू पीडित भइसक्नुभयो । किन पीडित हुनुभयो भने उहाँले जग्गा किन्नुभयो, जग्गा परेछ नक्कली ! त्यही होइन कुरा ?’

पौडेल फर्जी धन्दामा संलग्न भएको नभइ उनले तेस्रो पार्टीबाट किनेकाले ठगीमा परेको सन्चारमन्त्री बाँस्कोटाको भनाइ छ ।

नेकपा महासचिव पौडेलले सोबारेमा वक्तव्य जारी गरेको उल्लेख गर्दै उनले दोषी देखिए कोही नउम्कने स्पस्ट पारे ।

सरकारी सम्पत्तिको रक्षा गर्नु सरकारको दायित्व भएको भन्दै उनले यसबारे थप छानबिन गर्ने र दोषीलाई कारबाही गर्ने बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार