पूर्व राजा ज्ञानेन्द्र शाह इलाम आउँदै ! (भिडियो सहित)

पूर्व राजा ज्ञानेन्द्र शाहको भ्रमणबारे जानकारी गारउँदै भ्रमण व्यवस्थापन समिति ।

इलाम : पूर्व राजा ज्ञानेन्द्र शाह आइतबार इलाम आउने भएका छन् ।

शाह नीजि धार्मिक भ्रमणका लागि भन्दै इलाम आउन लागेका हुन् । उनलाई इलाममा स्वागतका लागि राजावादीहरु सक्रिय भएर लागेका छन् ।

उनीहरुले ज्ञानेन्द्र शाहको भ्रमण व्यवस्थापन समिति नै गठन गरी तयारी सुरु गरेका छन् । ४२ सदस्यीय समितिमा सबै सदस्य छन् । समितिले शुक्रबार इलाम सदरमुकाममा पत्रकार भेटघाट आयोजना गरी शाहको भ्रमणबारे जानकारी गराएको हो ।

समितिले जानकारी गराएअनुसार शाहका साथमा परिवारका कोही पिन सदस्य रहने छैनन् ।  आइतबार साँझ इलाम आएर समिट होटलमा बस्ने निश्चित भएको समितिका सदस्य हरी श्रेष्ठले जानकारी दिए ।

शाह १८ गते विहान पाँचथर जाने कार्यक्रम तय भएको  छ। फिदिममा राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङदेनको सालिक माल्यार्पण र शिवालय मन्दिर दर्शन गर्ने कार्यक्रम तय भएको  छ।

त्यसैगरी १९ गते साँझ पुन इलाम आउनेछन् । २१ गते विहान इलाम नविनचोकदेखि माईस्थान मन्दिरसम्मको पदयात्रा गरी मन्दिर दर्शन गर्ने कार्यक्रम तय भएको श्रेष्ठले जानकारी दिए । त्यसैगरी शुभचिन्तकहरुसँगको भेटघाट समेत रहने कार्यक्रम तय भएको छ ।

विशुद्ध नीजि धार्मिक भ्रमण भएकाले कुनै औपचारिक कार्यक्रम भने नहुने भ्रमण व्यवस्थापन समितिले जनाएको छ ।

हेर्नुहोस् भिडियो :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार