संघीय प्रेस फोरम नेपाल प्रदेश १ को भेला झापाको दमकमा हुँदै

  नयाँ बुलन्द  111 पटक हेरिएको

झापा : संघीय प्रेस फोरम नेपाल प्रदेश १ को प्रथम ऐतिहासिक प्रादेशिक भेला झापाको दमकमा शनिबार हुँदैछ । दिउँसो ११ बजे पाथीभरा होटलको सभाहलमा हुने भेलाको सम्पूर्ण तयारी पूरा भएको संघीय प्रेस फोरम नेपाल प्रदेश १ का इन्चार्ज कमन देवानले जानकारी दिए ।

भेलाका लागि प्रदेश १ का सबै जिल्लाबाट प्रतिनिधि, पर्यवेक्षकहरु दमक आइसकेका छन् । प्रत्येक जिल्लाबाट कम्तीमा १ महिलासहित ३ जना प्रतिनिधिहरुको सहभागिता रहनेछ ।

भेलासँगै पहिचानको सवालमा प्रेसको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम समेत तय गरिएको छ । कार्यक्रमको उद्घाटन संघीय समाजवादी फोरम नेपालका राजनीतिक समिति सदस्य एवम् प्रचार विभाग सदस्य प्रविण चाम्लिङले गर्ने कार्यक्रम तय भएको छ ।

भेलाले संघीय प्रेस फोरम नेपाल प्रदेश १ को तदर्थ समिति गठन गर्नेछ । संघीय प्रेस फोरम नेपाल  संघीय समाजवादी फोरम नेपालको सुभेच्छुक संगठन हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार