माईपोखरीमा भीषण आगलागी, आगो नियन्त्रण बाहिर !

इलाम : इलामको धार्मिक पर्यटकीय स्थल माईपोखरी क्षेत्रमा भीषण आगलागी सुरु भएको छ ।

सन्दकपुर गाउँपालिका १ र ३ मा पर्ने माइपोखरी बजारमा दिउँसो १ बजेदेखि आगलागी सुरु भएको हो । धार्मिक तथा पर्यटकिय स्थल माइपोखरी प्रवेशद्वार अगाडिका तीनवटा घरहरु जलेर नष्ट भईसेका छन् ।

स्थानीय चक्र मुखियाको भान्छा घरबाट सुरु भएको आगलागीबाट यो समाचार तयार पादासम्म कमल मुखिया र नीमदोर्जे शेर्पाको घर जलिसकेको स्थानीय संचारकर्मी दिनेश सुवेदीले जानकारी दिए ।

उनका अनुसार तत्कालै दमकल नआए धेरै घरहरु क्षति हुने छ । सार्थ धार्मिक तथा नजिकै रहको वनमा समेत आगलागि सुरु भइसकेकाले धेरै क्षति हुनसक्ने सुवेदीले बताए ।

स्थानीयले आगलागि नियन्त्रण गर्ने प्रयास गरिरहेका छन् । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्ररहीको समेत प्रयासमा आगलागी भईरहेका छन् ।

आगलागी नियन्त्रणका लागि इलाम सदरमुकामबाट दमकल आगलागि भएको स्थानसम्म पठाइसकिएको इलाम नगरपालिकाले जनाएको छ ।

इलाम सदरमुकामबाट दमकलसहित थप प्रहरी र नेपाली सेना समेत घटनास्थलतर्फ पठाइएको वताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार