युवा मञ्‍च याङ्वरकको संयोजकमा लिङदेन

पाँचथर : संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च नेपालको जनवर्गीय संगठन संघीय युवा मञ्च याङ्वरक गाउँपालिकामा भीम लिङ्देनको संयोजकत्वमा ११ सदस्यीय अधिबेशन आयोजक समिती गठन भएको छ ।

समितिका सहसंयोजकमा नबिन काम्बाङ, सदस्यसचिव धनेन्द्र इम्बुङ, सदस्यहरु सागर बेघा, चन्द्र बेघा, सेसेहाङ योङ्या, पवन योङ्हाङ, सन्दिप योङ्हाङ, सर्ण इजम, सागर योङ्हाङ र चन्द्रप्रकाश योङ्हाङ रहेका छन् ।

बुधबार थर्पु बजारमा सम्पन्न भेलाले उक्त समिति गठन गरेको हो । भेलामा संघीय लिम्बुवान मञ्च नेपालका जिल्ला अध्यक्ष सागर केरुङ, उपाध्यक्ष तथा याङवरक इन्चार्ज हर्कजङ लिङ्देन, जिल्ला हिलिहाङ इन्चार्ज राजेन्द्र सिगु, फालेलुङ इन्चार्ज नुनाम सुबास केरुङ, निर्वाचन क्षेत्र नम्बर १ अध्यक्ष सर्ण लक्सम, याङ्वरक अध्यन नरेश काम्बाङ, युवा मञ्च जिल्ला अधिबेशन आयोजक समिती अर्थ संयोजक रामचन्द्र नेम्बाङ लगायतका नेताहरुको उपस्थितिमा सम्पन्न भएको हो ।

युवा मञ्चको जिल्ला अधिवेशन आगामी २०७६ साल बैशाख ८ र ९ गते फिदिममा सम्पन्न गर्ने अर्थ संयोजक नेम्बाङले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार