सुर्योदयमा सडक क्षेत्राधिकारभित्र पर्ने संरचनाहरु चैत्र १५ गते सम्ममा हटाईने

इलाम : सूर्योदय नगरपालिका र स्थानीय बीच सहमती भए पछि सडक क्षेत्राधिकारभित्र पर्ने निर्माण संरचनाहरु चैत्र १५ गते सम्ममा हटाईने भएको छ ।

नगरपालिकामा सडक क्षेत्राधिकार कायम गराउने समिति र पिडीत संर्घष समितीबिच भएको छलफलपछि सहमती गर्दै सडक क्षेत्रभित्र रहेका संरचनाहरु आफै भत्काउने सहमती गरिएको हो ।

नगर क्षेत्रको पाल्टाङ्गे देखी भालुखोप क्षेत्रसम्मको राजमार्गमा पर्ने संरचनाहरु चैत्र १५ भित्रमा नहटे नगरपालिकाको अगुवाइमा भत्काउने लिखित सहमती गरिएको छ ।

सडकको क्षेत्राधिकार कायम गर्दा विस्थापित हुने सूर्योदय नगरपालिका–१० का स्थानीय बासिन्दाको भौतिक सम्पती (घरजग्गा) को मुआव्जाको लागी सम्वन्धित निकायमा पहल गर्ने निर्णय गरिएको छ ।

नगरपालिका क्षेत्रमा पर्ने मेची राजमार्गको क्षेत्राधिकार दायाँबायाँ साढे ७ मिटर कायम गर्नुपर्ने स्थानिय जनसमुदायको मागलाई कदर गर्दै बैकल्पिक मार्ग सहित वडा नं १० को अगुवाइमा पहल गरिने भएको छ । सडकको क्षेत्र कायम गर्दा विस्थापित हुने व्यवसायीहरुको हितका लागी नगर उद्योग वाणिज्य संघ र वडा नं १० का प्रतिनिधीहरुको छलफलले उचित निकास निकाल्ने सहमती गरिएको छ ।

विस्थापित हुने व्यवसायीहरुलाई पुनः स्थापित गर्नका लागी वाणिज्य संघसंग विभिन्न चरणमा छलफल गरेर निकास निकालिने वडाध्यक्ष पेमा उगेन लामाले बताए ।

नगरपालिका क्षेत्रको सडक विस्तार रोक्न लागी उच्च अदालत विराटनगर इलाम इजलासमा हालिएको उजुरी फागुन १३ गतेसम्म फिर्ता लिएर सडक क्षेत्राधिकार कायम गराउन सवै पक्षबाट सहयोग सहमती गरिएको हो ।

छलफलमा नगरपालिकाको भौतिक पुर्वाधार विकास समितीका संयोजक एवम वडा नं ३ का अध्यक्ष होम कार्की, सडक खाली गराउने समितीका संयोजक शिवकुमार बस्नेत, वडा नं १० का अध्यक्ष पेमा उगेन लामा, नेपाली कांग्रेस क्षेत्र नं १ का सभापती दुर्गा बराल, उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद राई लगायत विभिन्न संघसंस्थाका प्रतिनिधी, स्थानियबासिन्दाहरुको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार