सुन्दा अचम्म लाग्न सक्ला एक वृद्धले ५० बर्ष देखि निरन्तर पहाड खोस्रिइरहेका छन् भन्दा अचम्म नलागोस पनि कसरी तर यो सत्य घटना हो जुन इलाम सन्दकपुर गाउपालीका देउरालीका डम्बरसिंह सुनुवारको हो जुन ५ दशक देखिको शोकलाई शक्तिमा बदल्नुपर्छ भन्ने कार्य आज पनि जारी छ ।
९२ बर्शिय डम्बरसिंह सुनुवार । जो, पत्रे चट्टानमाथि छिनो र हथौडाले एकनास ठुंगिरहेका छन् । जहाँ नयाँ स्वरुप ग्रहण गर्दै गरेको सिंगै डाँडो छ त्यहाँ सानो जलकुण्ड छ, ढुंगे चौतारो छ, छानोविहीन मन्दिर छ, अनौठो मुहार आकृति छन् । यसको खास आकृति केवल डम्बरसिंह सुनुवारको उर्बर मस्तिष्कमा मात्र छ ।
न त दिनमा भोक तीर्खा छ न त रातमा निन्द्््रा नै त्यतीमात्र होइन न त तिनका खस्रा हातले विश्राम नै लिएको छ । चाहुरिएर मुजा मुजा परेको अनुहारमा आत्माबिश्वास आज पनि जारी छ ।
आफ्नै आँखाको सामुन्ने गोली लागेर रत्ताम्मे भई ढलेका सन्तानलाई उनी जीवन्त तुल्याउन चाहन्छन र सघर्श जारी राखेका छन् ।
इलामको माइपोखरीहुदै देउराली बजारबाट सहायक बाटो उक्लिएपछि जसलाई पछ्याउँदै जाँदा डम्बरसिंह सुनुवार भेटिन्छन् । उनी बाँस र खरले बनाइएको सानो झुर्पोमा बसिरहेको भेटिन्छन या त एक्लै डाँडो कोट्याइरहेका हुनेछन् ।
बिहानको सुर्यको किरणको उज्यालो सुरु हुन नपाउदै बाट डम्बरसिंहकोे दिनचर्या सुरुहुन्छ त्यही माटो कोट्याउने र ढुङ्गा कुदने काम यो कार्य निरन्तर साँझसम्म जारी रहन्छ । यो उनको पाँच दशक यताको नियमित दैनिकी हो ।
यो ५० वर्षको अवधिमा उनले एउटा सिंगो डाँडालाई कलात्मक रुप दिइसकेका छन् । कतै मन्दिर बनाएका छन् कतै घुमाउरो बाटो । कतै ढुंगाको मूर्ति राखेका छन् । कतै शिलालेख छ ।यही स्थानमा छेउमा रहेको छ डम्बरसिंहको बासस्थान जुन चित्राले बारेको गोठजस्तो । कटेराको पूर्व्तिर एउटा मन्दिर छ त्यस नजिकैे ढुंगामा दुई मानव आकृति छन् ती डम्बरसिंहका दुई दिवंगत छोराछोरीको आकृति हो ।
बीचमा उनले एउटा बमको आकृति पनि कुँदेका छन यही बमले कहाँबाट उडेर आएर आँगनमा खेलिरहेका उनका छोराछोरीलाई लाग्यो र उनीहरुको निदन भयो ।
‘छोराछोरी गुमेपछि विरक्तिएका डम्बरसिंहले उनीहरुकै नाममा यी सबै कामहरु गरिरहेका डम्बरसिंहका नातीले बताए ।
जब नावालक छोराछोरी गुमाए न उनी राम्रो लगाउँछन न रमाइलो गर्छन् । घुम्ने, डुल्ने, रमाइलो गर्ने केही इच्छा बाँकी छैन, उनीसँग । एउटा कोट, फाटेको दौरा सुरुवाल र ढाका टोपीले वर्षौंदेखि उनको आङ ढाकेको छ । साँझ कसरी छाक टार्ने भन्ने चिन्ता छैन, न लुगाफाटोको सौख नै ।
पहाडको कुनामा जीवन बिताइरहेका डम्बरसिंहसँग राजनीतिको कुनै लिनु दिनु थिएन । तर, त्यही राजनीतिक उथल पुथलले उनको जीवनलाई दुःखान्त मोडमा धकेलिदियो । घटना थियो, २०१८ सालमा नेपाली कांग्रेसले चर्काएको ‘सशस्त्र प्रतिरोध आन्दोलन’को ।
सुवर्णशमसेरको कमान्डमा २०१८ साल मंसीरबाट थालेको सशस्त्र आन्दोलनका क्रममा बिद्रोही र शाही सेनाबीचको गोली हानाहान चलिरहेको थियो ।
डम्बर सिंहका डेढ बर्षीया छोरा डिकबहादुर र १२ बर्षीय छोरी ओममाया आँगनमा खेलिरहेका थिए । त्यहीबेला कतैबाट बत्तिएर आएको बम आँगनमा पड्कियो र आँखै अगाडि दुई छोराछोरीलाई क्षतबिक्षत बनाइदियो । २०१८ माघ २ गतेको यो घटनापछि डम्बरसिंहको खुसी संधैका निम्ति लुटियो ।
यसरी सन्तान गुमाउनुको पीडालाई उनले मनमा संगाल्न सकेनन् । अन्ततः ठूलाठूला चट्टान फोरेर त्यसैमा आफ्ना मृत नावालक सन्तानको आकृति कुँद्न थाले । यो क्रम अझै जारी छ । शरीर झनझन् कुप्रिँदै गएको छ । आँखा मधुरो हुँदै गएका छन् । हातगोडा चाँडै थाक्न थालेका छन् । खिइँदै गएको ज्यानमा तागत हराउँदै गएको छ ।
शोकलाई शक्तिमा बदल्नुपर्छ ।’ तर, कसरी ? उनीसँग जवाफ छैन । सन्तान वियोगको पीडा भुल्न उनले आफूलाई त्यही काममा खर्चिए, जसले उनलाई सिजर्नशील बनायो । डम्बरसिंहको जीवनबाट के पनि आँकलन गर्न सकिन्छ भने, एउटा मान्छेले जीवनभर आफ्नो ऊर्जा राम्रो काममा खर्चियो भने कतिसम्म गर्न सक्छन् । जुन राजनीतिक उथल पुथलले डम्बरसिंहलाई यसतर्फ डोर्होयायो ।