मोटरसाइकल दुर्घटना हुँदा सृजनाको ज्यान गयो

ताप्लेजुङ : सदरमुकाम फुङलिङमा मंगलबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना गम्भिर घाइते छन् ।

मृत्यु हुनेमा इलामको देउमाई नगरपालिका वडा नं १ की २२ वर्षिय सृजना गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

गम्भिर घाइते भएका चालक पाथीभरा याङ्वरक गाउँपालिका वडा नं १ नाङ्खोल्याङ निवासी २५÷२६ वर्षिय अमिर वर्देवाको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि सुविधासम्पन्न अस्पतालमा रेफर गरिएको छ ।
फुङलिङ बजारस्थित मालपोत कार्यलयबाट मेचि राजमार्गतर्फ जाने क्रममा ना. २१. प. ५६२८ को

मोटरसाइकल सडकबाट नालीमा खसेर दुर्घटना भएको हो । मृतक गुरुङ सिचाईं कार्यालय ताप्लेजुङकी सामाजिक परिचालक हुन् भने वर्देवा नृत्य प्रशिक्षक हुन् । तिव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख संञ्जयसिंह थापाले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार