कतारको डुसरी पार्कमा इलामेलीहरुको वनभोज कार्यक्रम

इलाम : कतारको डुसरी पार्कमा इलामेलीहरुको वनभोज कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ । रोजगारीको शिलशिलामा कतारमा रहेका सम्पुर्ण इलामेलीहरुको साझा संस्था इलाम सेवा समाज, दोहा–कतारको चौथो वार्षिकोत्सव तथा इलाम सेवा समाज, दोहा–कतारको संरक्षकत्वमा संचालित इलामेली प्रवासी वहुउद्देश्यीय सहकारी संस्था दोहा–कतारको दोस्रो वार्षिकोत्सवको शुभ अवसरमा १५ फरवरी, २०१९ का दिन कतारको सहानिया स्थित अल डुसरी पार्कमा वनभोज कार्यक्रमको आयोजना गरिएको हो ।

इलाम सेवा समाज, दोहा कतारका अध्यक्ष श्री सन्तोष वान्तवा राई तथा इलामेली प्रवासी वहुउद्देश्यीय सहकारी संस्था, दोहा–कतारका अध्यक्ष श्री प्रेम सागर सुवेदीले संयुक्त रुपमा केक काटेर औपचारिक रुपमा दुवै संस्थाहरुको वार्षिकोत्सव मनाईएको कार्यक्रमा ७० जनाको उपस्थिती रहेको थियो ।

वनभोज कार्यक्रमा विभिन्न आकर्षक तथा मनोरञ्जनात्मक खेलहरु (घैंटो फुटाउने, म्युजिकल चेयर(महिला, पुरुष), एक खुट्टे नृत्य) ले वनभोजलाई थप रमाईलो गराएको थियो भने गायक संगम लिम्बुको गायन र अन्य कलाकारहरुको नृत्यले कार्यक्रमलाई थप मनोरञ्जन प्रदान गरेको थियो ।

गीति एल्बम आकृति को विमोचन 

सोही अवसरमा इलाम सेवा समाज, दोहा–कतारका कोषाध्यक्ष तथा सक्रिय कलाकार एवम् रचनाकार श्री तोरण बस्नेतको सुन्दर शब्दहरुले सजिएका तथा इलामेली संगीतकार श्री भक्त लुङ्गेलीको सुमधुर संगीतले भरिपुर्ण एवम् नेपालका चर्चित गायक गायिकाहरुको स्वरले सजिएको गीतहरुको संगालो गीति एल्बम ‘ आकृति ‘ को विमोचन गरिएको छ । इलाम सेवा समाज, दोहा–कतारका अध्यक्ष श्री सन्तोष वान्तवा राई, इलामेली प्रवासी वहुउद्देश्यीय सहकारी संस्था, दोहा–कतारका अध्यक्ष श्री प्रेम सागर सुवेदी तथा इलाम सेवा समाज, दोहा–कतारका निवर्तमान अध्यक्ष श्री धनबहादुर विश्वकर्माले संयुक्त रुपमा उक्त एल्बम आकृति को विमोचन गरेका थिए ।

एल्बमको बारेमा रचनाकार तोरण बस्नेतले आफ्नो भनाईहरु राख्दै एल्बमको बिक्रीबाट प्राप्त रकम मध्ये ५०% रकम इलाम सेवा समाज, दोहा–कतारले संचालन गरेको अक्षय कोषलाई उपलब्ध गराउने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

वनभोज कार्यक्रम बिहान ८ः०० बजेदेखि बेलुकी ५ः०० बजेसम्म चलेको इलाम सेवा समाज दोहा–कतारका महा–सचिव तथा इलामेली प्रवासी वहुउद्देश्यीय सहकारी संस्था, दोहा–कतारका सदस्य–सचिव श्री ज्ञानेन्द्र रसाइलीले जानकारी  दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार