इलाम : चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग राख्दै सत्याग्रहमा बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर भएपछि काठमाडौं हिँडाइएको छ ।
धरानबाट गएका विशेषज्ञ टोलीका संयोजक डा. विकास साहका अनुसार इलामबाट तीन विशेषज्ञसहितको एम्बुलेन्स भद्रपुरका लागि १०.२० मिनेटमा हिडेको छ । आर्मीको हेलिकप्टर पनि भद्रपुरमा ल्यान्ड भइसकेको छ । आर्मीको हेलिकप्टरमा धरानका २ विशेषज्ञसहित काठमाडौं पुर्याइने र त्रिवि शिक्षण अस्पतालमा राखिनेछ ।
डा. केसी ९ दिनदेखि इलाममा अनसनरत थिए । तर, बिहीबार साँझबाट उनको मुटुको चाल अस्थिर भएको छ । चिकित्सकहरुले कुनै पनि बेला दुर्घटना हुन सक्ने बताएपछि राजधानी ल्याउन पहल सुरु भएको थियो ।
धरानबाट गएका विशेषज्ञले पनि कुनै पनि शर्तमा ढिला गर्न नहुने सुझाब दिएर तत्कालै आइसियू भएको ठाउँमा रिफर गर्न लागिएको मेडिकल सुपरीटेन्डेन्ट डा. बृजेन्द्र साहले जानकारी दिए । साँझ अचानक मुटुको चालमा ठूलो समस्या देखिएपछि विशेषज्ञ कुनै पनि अवस्थामा ढिला गर्न नहुने सुझाब दिएकोले तत्कालै आइसियू भएको ठाउँमा रिफर गर्न लागिएको मेडिकल सुपरीटेन्डेन्ट डा. बृजेन्द्र साहले जानकारी दिए ।
अप्रिय अवस्था आउन नदिन चिकित्सकको सुझाबअनुसार नै काठमाडौं लैजाने तयारी भएको इलाममै रहेका चिकित्सक डा. अभिशेक सिंहले जानकारी दिए ।
डा. केसीलाई भेट्न बिहीबार मात्र पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, पूर्वसभामुख दमननाथ ढुंगाना, केदारभक्त माथेमाको टोली इलाम पुगेको थियो ।
भिडियो हेर्नुहोस् :