प्याराग्लाईडिङको सफल परीक्षण

  नयाँ बुलन्द
0 Shares

इलाम : इलाम र पाँचथर जिल्लाका विभिन्न सीमावर्ती क्षेत्रबाट प्याराग्लाइडिङको परीक्षण उडान सफल भएको छ । सीमावर्ती क्षेत्रका नाम्तोक, एकचुले, फुस्रे र जुकेडाँडाबाट शनिवार परीक्षण उडान गरिएको थियो ।

सोलुखुम्वु जिल्लाका वाङचु शेर्पाले यस क्षेत्रका डाँडाबाट प्याराग्लाइडिङको परीक्षण उडान गरेका हुन् । “प्याराग्लाइडिङको उडान सफल भएको छ, यहाँका डाँडाबाट उडान भर्न सकिने रहेछ ” वाङचु शेर्पाले भने । पर्यटकीय दृष्टिकोणले उपयुक्त मानिएको यस क्षेत्रका डाँडाकाँडाबाट आगामी दिनमा उडान गर्न सकिने समेत उनको भनाई छ ।

नाम्तोक डाँडाबाट करिब एक घण्टासम्म आकाशमा उडाएपछि घुर्बिसे पञ्चमी बजार नजिकै रहेको ठिंगेपुरको पाण्डवधारा नजिक ल्याण्ड गरेका थिए ।

शेर्पाले यसअघि विभिन्न ३८ वटा देशमा प्याराग्लाइडिङको उडान सफल गरेको बताए । फाकफोकथुम गाउँपालिकाका अध्यक्ष रामकुमार श्रेष्ठको ६० हजार नीजि लगानीमा प्याराग्लाइडिङ गराइएको हो । शेर्पाले पर्यटकीयस्थल कन्याम, गजुरमुखीमा समेत उडान गरेका थियो ।

लगत्तै उत्तरे, देउराली, फुस्रे डाँडाबाट समेत परीक्षण उडान गरिने गाउँपालिका अध्यक्ष श्रेष्ठले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार