पहिरो पीडितलाई जस्ता वितरण

  नरेन इलामेली
0 Shares

माइजोगमाई : इलामको माइजोगमाई गाउँपालिकाले पहिरो पिडितहरुलाई राहत वितरण गरेको छ । गाउँपालिकाले शुक्रबार कार्यालयमै कार्यक्रमको आयोजना गरि राहात सामाग्री वितरण गरेको हो ।

माइजोगमाई गाउँपालिका ३ रिटाममा गत बर्षायाममा पहिरो गएको थियो। सो पहिरोमा परि तीन घर पूर्ण रुपमा क्षति भएको थियो। सोहि स्थानका पहिरो पिडितहरु जंगबहादुर थामी, जयकुमार थामी र प्रेमलाल थामीलाई घर निर्माणका लागि सहयोगार्थ प्रति परिवार २ बण्डलका दरले जस्ता पाता वितरण गरिएको हो ।

पLडितलाई राहत सामग्री वितरण गर्दै गाउँपालिकाका अध्यक्ष जीत बहादुर राइले आगामी दिनमा पनि यस्ता दैबि प्रकोपबाट पिडितलाई सहयोग गर्दै उनीहरुको पिडामा मलम लगाउने प्रतिवद्धता व्यक्त गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार