५० वर्षदेखी खराउकै सहारा

इलाम : मोरङ मधुमल्ला घर भएका ६० वर्षिय पुष्पबहादुर बोहोराको जिवन विगत ५० वर्ष देखी हातका खराउसँगै वितेको छ । १० वर्षको कलिलो उमेरमा पोलियो रोगका कारण खुट्टाको भर नभएपछि हातमा काठका खराउ लगाएर चारपाउको भरमा नै जिन्दगी चल्दै आएको छ । खुट्टाको खासै भर नभएपछि हातमा काठका खराउ बनाएर लगाएको उनी वताउँछन् । श्रीमती र दुई छोरा हाल उनकै सहारामा विविको पार्जन गरिरहेका छन् । उनी यथासक्य सहयोग जुटाउँछन् ।

उहिले उहिलेका श्लोक र उखान सुनाउँदै उनी दया गरिदिन सवैसँग आग्रह पनि गर्दछन् । उनले मागैरै आफ्नो पेट पालेर छ, सात हजारसम्म वचाउने गरेको वताए ।

१३ वर्षको छोरा कक्षा ७ मा र १० वर्षको छोरा कक्षा छ मा पढ्ने वताउने बोहोरा आफुले नै उनीहरुको पठाइ खर्च धान्नु पर्ने वताउँछन् । उनी यथासक्य सहयोग जुटाउनकै लागि भारत, भुटान सहित नेपालका विभिन्न ठाउँ सम्म पुग्ने गरेको वताउँछन् ।
उनले हातमा लगाइएका काठका खराउकै भरमा पहाडी जिल्लाहरु ताप्लेजुङ, पाँचथर, इलाम सहितका जिल्लाहरु सहजै पुग्ने गरेको वताए । सहयोग जुटाउनकै लागि इलाम आएका समयमा उनको यथार्थ कथा पस्किएका हौँ ।

विस २०१५ सालमा जन्मिएका उनी १० वर्ष हुँदा नै अर्थात २०२५ साल देखी नै पोलियो रोगका कारण थलिएका हुन् । चारजना दाजु भाई रहेको वताउने उनी आफु मात्र यस्तो अवस्थामा रहेको गुनाशो गर्दछन् ।

चुनाव अघि नेताहरुले घरमा नै आएर विन्नि प्रलोभन देखाएको तर पुरा गर्न नसकेको वताउने उनी आफ्नालागि केहि गरिदिन आग्रह गर्छन् ।
निकै ठुलो आश देखाए, कहिले भत्ता वढाइ दिने त कहिले परिवारलाई रोजगारी दिलाईदिने वताउँदै भोट माग्ने नेताहरु कहाँ हराए अनुहार नै देख्न नपाएको दुखेसो गर्दछन् ।

सरकारले हाल छ सय मासिक उपलब्ध गराउँछ । तर त्यो पैसा हात्तिको मुखमा जिरा झैँ भएको उनको प्रतिक्रिया छ ।
अव त शरिर पनि वुढो भएको, काम गर्न पनि नसक्ने ज्यानलाई खराउकै शहारामा जिविकोपार्जन गर्न अत्यान्तै असहज भएको वताउने उनको सहयोगकै भरमा जिन्दगी वितिरहेको छ ।

उनको श्लोक नै पैसा माग्ने एउटा कला जस्तो भएको छ । पुराना श्लोक र उखान सुनाएरै धेरैको मन पगाल्ने विजिकोपार्जन पनि हात थापेरै गरिरहेका छन् । तातो समयमा त ठिकै गरि जिवन चलेपनि चिसो मौसममा समस्या हुने गरेको वनले वताए । सरकारी निकायबाट पनि चासो नदेखाएको उनी आरोप लगाउछन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार