शुभकामना आदनप्रदान सहित बिदाई र स्वागत

  गोबिन्द पौडेल
0 Shares

सुर्योदय : सुर्योदय नगरपालिका १ गोर्खे स्वास्थ्य चौकीमा वडा दशै २०७५ को शुभकामना आदानप्रदान सहित स्वागत र बिदाइ कार्यक्रम गरिएको छ ।

स्वास्थ्य ब्यवस्थापन समितिका अध्यक्ष समेत रहेका सुर्योदय नगरपालिका १ का वडाअध्यक्ष राजकुमार सेरेङको अध्यक्षतामा भएको कार्यक्रममा वडाभित्र महिला स्वास्थ्य स्यंसेविकाहरु, जनप्रतिनिधिहरु र स्वास्थ्य कमीहरुले शुभकामना साटेका थिए ।

यसैगरि स्वास्थ्य चौकीमा कार्यर  सिनियर अहेव राजकुमार शाह र अनमी पबित्रा भट्टराइको बिदाइसँगै  अहेव अनिस राई र अनमी अरुणा सुब्बालाई स्वागत गरिएको थियो ।

स्वास्थ्य ब्यवस्थापन समितिका सदस्य अर्जुन कुमार भट्टराइले स्वागत गर्नुभएको कार्यक्रमको संचालन अहेव  शान्त दिल तामाङ्गले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार