फाकफोकथुममा मरेको गाईको किरिया गरियो

  युद्धबहादुर बोहोरा
0 Shares

साँकेतिक तस्वीर ।

इलाम : फाकफोकथुम-१ खाम्बाङ्गमा एक व्यक्तिले पालेको गाई मरेपछि त्यसको किरिया गरेका छन् ।

स्थानीय ६९ वर्षिय विनोदकुमार बोहोराले आफुले पालेर दूध खाँदै गरेको गाई केही समय अघि चट्याङ्ग लागेर बाँधेको ठाँउमा मरेको थियो । मानिस सरह मरेको गाईको ब्राह्मण विधिद्वारा पाँच दिन जुठो बारेर किरिया गरेका छन् ।

हिन्दुधर्म ग्रन्थमा उल्लेखित ‘दाम्लोमा बाँधेको अवस्थामा गाईको मरणा भयो भने गौहत्ते लाग्छ’ भन्ने पौराणिक शास्त्रको मान्यता अनुसार गाईको किरिया गरेर आफुले पापबाट मुक्ति पाउन यस्तो कार्य गरेको उनको भनाइ छ । पू्र्खाहरुले मान्दै आएको संस्कारलाई नछाड्न उनकी आमा ९१ वर्षिय डम्वरकुमारी बोहोराले गरेको अनुरोध बमोजिम आफू पनि संस्कारलाई बचाइ रहने उनको दावी छ ।

नेपालमा बहुदलीय व्यवस्था अघि हिन्दु धर्म मान्ने मानिसहरुले गाई मरेपछि कतै कतै किरिया गर्ने चलन थियो। नयाँ संविधान निर्माण भए पश्चात् धर्मनिरपेक्ष राष्ट्र भयो तर राष्ट्रिय जनावर गाई नै रहन गयो तथापि यस्तो कुरा बिरलै सुन्ने गरेको बताउँछन् घुर्बिसे पञ्चमीबासी श्रीनारायण भट्टराई (दाजै) ।

 को हुन् विनोद ? परिचय र पारिवारिक पृष्ठभुमि :

 इलाम फाकफोकथुम-१,खाम्बाङ्ग निवासी स्वर्गीय भक्त बहादुर र माता डम्वरकुमारी बोहोराका कान्छा सुपुत्र हुन्। उनको जन्म बि. स. २००६ आश्विन २६ गते भएको थियो ।

लामो समय प्रधानध्यापक रहेर शिक्षण पेशामा आवद्ध पछि अहिले अवकाश भइ घरायसी व्यवहार सम्हाल्दै समाजसेवामा लागेका छन् । उनले नेपाली विषयमा स्नातकोत्तर शिक्षा हाँसिल गरेका छन्। उनका तीन छोरा, एक छोरी, श्रीमती र आमा साथमा छन् ।

जेठा छोरा लक्ष्मी र बुहारी क्यानडा छन्।,माइला छोरा डकेन्द्र कोरियाबाट पिएचडि गरि त्यहीँ रोजगारीमा छन्।कान्छा छोरा अशोक जर्मनमा इन्जिनियरिङ अध्ययनरत छन् भने छोरी बिष्णु जर्मन रहेकी छिन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार