नेपाललाई विकासशील राष्ट्रमा स्तरोन्नति गराउन अन्तराष्ट्रिय समुदायसँग प्रधानमन्‍त्री ओलीको आह्‍वान

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई विकाशसिल राष्ट्रमा स्तरोन्नति गराउन र दीगो विकासका लक्ष्य हासिल गर्नका लागि अन्तराष्ट्रिय समुदायलाई सहयोगको आह्वान गरेका छन् ।

संयुक्त राष्टक संघको महासभामा सहभागी हुंदा विभिन्न देशका प्रमुखहरुसँग भएको सामुहिक र एक्ला एक्ला भेटमा यस विषयलाई आफूले गम्भिर रुपमा उठाएको प्रधानमन्त्री ओलीले बताएका हुन् ।

दुई साता लामो अमेरिका भ्रमणबाट आज स्वदेश फर्कने क्रममा त्रिभूवन विमानस्थलमा प्रधानमन्त्रीका तर्फबाट जारी सन्देशमा सो कुरा उल्लेख छ । प्रधानमन्त्री ओलीको प्रेस नोटमा अल्पविकशित, भूपरिवेष्ठित तथा साना मुलुकहरुले सार्वभौमसत्ता, स्वतन्त्रता, तथा भौगोलिक अखण्डतालाई अक्षुण राख्दै अन्तरािष्टकय सहयोग जुटाउन समेत महासभा उपयोगी मञ्च भएको उल्लेख छ ।

१२१ वटा देशका सरकार प्रमुखहरुले भाग लिएको महासभामा अतिकम विकसित तथा भूपरिवेष्ठित राष्टकका समस्याहरुप्रति विश्वको ध्यान आकर्षण गराउदै यस्ता देशहरुलाई थप सहयोग आवश्यक रहेको कुरा महासभामा उठाएको प्रधानमन्त्री ओलीको प्रेस नोटमा उल्लेख छ । “ जलवायु परिवर्तनले पर्वतीय पर्यावरणमा पारेको प्रभाव न्यूनिकरण गर्दै दीगो विकास लक्ष्यहरु हासिल गर्न साधन स्रोतको आवश्यकता औल्याउदै मानवअधिकार, आतंकवाद लगायत विश्व राजनीतिका विविध नेपालको स्पष्ट धारणा राखेको छु” प्रधानमन्त्रीले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

महासभामा अमेरिकी राष्टकपति डोनाल्ड टकम्प, संयुक्त राष्टकसंघका महासचिब एन्टोनियो गुटेर, बेलायतका प्रधानमन्त्री, कम्बोडियाका प्रधानमन्त्री, क्यानडाका प्रधानमन्त्री लगायतका नेताहरुसँग भेटेर नेपालको राजनीति र सामाजिक पक्षका विविध विषयहरुमा स्पष्ट पारेको प्रेस नोटमा उल्लेख छ । नेपालको कुटनीतिक दायरलाई थप फराकिलो बनाउदै जाने नीति अनुरुप मडागास्करसँग नेपालको कुटनैतिक सम्बन्ध स्थापना गर्ने सम्बन्धि समझदारी पत्रमा समेत हस्ताक्षर भएको जनाइएको छ ।

प्रधानमन्त्री ओलीको प्रेस नोटमा प्रधानमन्त्री ओलीले अत्यन्त फलदायी र नेपालको हित प्रवद्र्धनमा सफल रहेको उल्लेख छ । प्रधानमन्त्री ओलीका तर्फबाट जारी गरिएको प्रेस नोट परराष्टक मन्त्री प्रदिप ज्ञवालीले बाचन गरेका थिए ।

माधवजी मेरो पुरानो मित्र हो : उहाँसंगको सम्वन्ध राम्रो छ

पत्रकारहरुले राखेको जिज्ञासको जवाफ दिंदै प्रधानमन्त्री ओलीले नेपाल कम्यूनिष्ट पार्टी भित्र कुनै विवाद नरहेको स्पष्ट पारेका छन् । माधव नेपाल आफ्नो पुरो मित्र भएको भन्दै उहाँसँगको सम्बन्धमा कुनै समस्या नभएको प्रधानमन्त्री ओलीले बताएका छन् । “ माधवजी मेरो २०२९ साल देखिको मित्र हो । अलि भावुक भएर वहाँले पुरानो गीतको सम्झना गर्नुभयो होला तर यो खास ठुलो विषय होइन ।”

सरकारले जारी गरेको बजेट लागु भएको दुई महिना मात्र वितेकोले अहिले नै यो भयो र भएन भन्ने अवस्था नभएको प्रधानमन्त्रीले बताएका छन् । “बजेटलाई पूर्ण कार्यन्वयन हुन दिनुहोस् । सबै कुरा ठिक भएर जानेछन्” प्रधानमन्त्री कथन छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार