काठमाडौं : प्रहरीले चाडपर्वका समयमा लुटपाट र डकैती गरेर भाग्ने आपराधिक व्यक्ति तथा समूहलाई पक्राउ गर्न ३० ठाउँमा कुकुरसहितको ‘धराप टोली’ (एम्बुस टीम) तैनाथ गरेको छ ।
चोरी/डकैती तथा लुटपाटका घटनापछि अभियुक्त फरार हुन नदिन डिएसपी र इन्सपेक्टरको कमान्डमा २५ टोलीलाई नाकाबन्दी र सर्च एन्ड अपरेसनमा परिचालन गरिएको छ ।
दसैं, तिहार, छठ, नेपाल सम्वत लगायत चाडपर्वमा वित्तीय अपराधमा संलग्न गिरोह सक्रिय हुने भन्दै महानगरी प्रहरीले त्यसलाई नियन्त्रण गर्न काठमाडौंका ३० ठाउँमा ‘धराप टोली’ खटाइएको छ ।
काठमाडौं प्रमुख वसन्तकुमार लामाले वित्तीय अपराध नियन्त्रणका लागि सादा पोशाक, गस्ती र कुकुरसहितको धराप टिम तैनाथ गरिएको स्पष्ट पारे ।–कारोबार दैनिकबाट